नेपालमा फेरि फैलिँदै कोराेना भाइरस, दुई महिना यताकै उच्च
नुवाकोट । नेपालमा कोभिड १९ संक्रमण फेरि फैलिँदैछ । बिहीबार थप ५४० जना संक्रमित थपिएका छन् ।

यो संख्या दुुई महिना यतिकै उच्च हो । यस अघि कार्तिक २३ गते ५३३ जनामा संक्रमण पुष्टि भएको थियो । तर त्यसपछि भने बिस्तारै संक्रमण दर घटेको थियो । तर विगत केहि दिनमा नेपालमा संक्रमितको संख्या निरन्तर वृद्धि भइरहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांकले देखाउँछ ।
मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा भएको कुल १२ हजार ९९ नमुना परीक्षणमध्ये ४७८ जनामा पीसीआर परीक्षणद्वारा र एन्टिजेन परीक्षणद्वारा ६२ जनामा संक्रमण पाइएको हो । सोहि अवधिमा २७१ जना भने संक्रमण मुक्त भएका छन् ।
एक दिनमा संक्रमणका कारण एक जनाले ज्यान गुमाएका छन् । आज काठमाडौं उपत्यकामा ३१० जनामा संक्रमित पाइएको छ । तीमध्ये काठमाडौंमा २२१, भक्तपुरमा ३० र ललितपुरमा ५९ गरी ३१० जना थपिएका हुन्।
हाल देशभरमा कुल पाँच हजार ४३१ जना सक्रिय संक्रमित छन् ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना













स्वर्गीय नन्द कुमारीको स्मृतिमा भूमेदेवीलाई सहयोग
बागमती प्रदेशको बजेट खर्च निराशाजनक
शेरा दरबारको हडपिएको १६४ रोपनी जग्गा फिर्ता गराउन खोज्दा धम्की
नुवाकोटमा यू–१४ फुटबल प्रतियोगिता सुरु हुँदै
बट्टारबाट लागुऔषध सहित २ जना पक्राउ





प्रतिक्रिया