१५ महिनापछि बल्ल छाप्न थालियो स्मार्ट लाइसेन्स
नुवाकोट। सर्वसाधारणले स्मार्ट लाइसेन्स (चालक अनुमतिपत्र) पाउन छाडेको १५ महिनापछि यातायात व्यवस्था विभागले बल्ल यसको छपाइ थालेको छ ।

करिब तीन साताअघि १४ लाख कार्ड आएपछि प्रिन्ट गरेर यसको वितरण थालिएको हो । भौतिक पूर्वाधार तथा यातायातमन्त्री रेणुकुमारी यादवको उपस्थितिमा मंगलबार यातायात व्यवस्था विभागमा लाइसेन्स छपाइको सुरुवात गरियो ।
२०७७ भदौदेखि स्मार्ट लाइसेन्स वितरण ठप्प थियो । विदेश जानेहरूका लागि मात्र आकस्मिक रूपमा लाइसेन्स दिने गरिएको थियो । अहिले नयाँ–पुराना गरी ७ लाख स्मार्ट लाइसेन्स प्रिन्ट हुन बाँकी रहेको विभागका सूचना अधिकारी लोकनाथ भुसालले जानकारी दिए । कार्ड सप्लाईको जिम्मा लिएको फ्रेन्च कम्पनी सेल्पले समयमै कार्ड सप्लाई नगर्दा छपाइमा ढिलाइ भएको थियो ।
‘हामीसँग भएको प्रिन्टरलाई अब पूर्ण क्षमतामा प्रतिदिन तीन सिफ्ट चलाइनेछ,’ विभागका महानिर्देशक नमराज घिमिरेले भने, ‘अब प्रतिदिन ७ देखि १० हजार कार्ड प्रिन्ट गर्ने योजना छ ।’ माघ मसान्तसम्म पुरानो बाँकी रहेको कार्ड प्रिन्ट गरिसक्ने उनको दाबी छ । मेसिनले एक घण्टामा ४ सय ५० वटा कार्ड छाप्न सक्छ । कार्ड छाप्नासाथ २१ वटै यातायात व्यवस्था कार्यालय पठाइनेछ । कार्यालयमा पुग्नासाथ वितरण थालिने घिमिरेले जानकारी दिए ।
चिप्ससहितको कार्ड नवीकरण गर्ने र एक वर्षको परीक्षणकाल उत्तीर्ण भएकालाई मात्र त्यो दिइने विभागको भनाइ छ । एक वर्ष परीक्षणकाल पास गर्नेलाई हातमै स्मार्ट कार्ड पुर्याउने सोच रहेको महानिर्देशक घिमिरेले बताए । नवीकरण गर्न आउनेलाई हुलाकमार्फत हातमै पुर्याउने लक्ष्य रहेको पनि उनले जनाए । नयाँ सवारी चालक अनुमति प्राप्त गर्ने व्यक्तिका लागि एक वर्षको परीक्षणकालीन कार्ड दिइनेछ, जुन सबै यातायात व्यवस्था कार्यालयबाट ट्रायल पास गर्नासाथ दिइने उनको भनाइ छ ।
अब ट्रायल पास गर्नेबित्तिकै रसिद बोकेर हिँड्नुपर्ने समस्या नरहेको घिमिरेको दाबी छ । ‘स्मार्टकार्डको समस्या अहिलेलाई समाधान भएको छ । तर दीर्घकालीन भएको छैन,’ महानिर्देशक घिमिरेले भने, ‘१४ लाख कार्ड वितरण गरिसकेपछि के गर्ने भन्ने विषयमा मन्त्रालयका सचिवसँग छलफल भइरहेको छ ।’
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना













शाही युवा शक्ति नुवाकोट जिल्ला कार्यसमिति गठन
नुवाकोटको दुप्चेश्वरमा बढ्दै भक्तजन
एमाले महाधिवेशनमा नेतृत्वको रस्साकसी
धादिङमा माइक्रोबस दुर्घटना हुँदा ११ जना घाइते
सहकारी चोरीमा संलग्न नुवाकोटका गजुरेल १० लाखसहित पक्राउ





प्रतिक्रिया