माओवादी केन्द्र बागमती प्रदेशको अध्यक्षमा सरल सहयात्री विजयी
विदुर खबर
२०७८ पुष ६ गते ८:४८
नुवाकोट । नेकपा (माओवादी केन्द्र) बागमती प्रदेशको अध्यक्षमा सिन्धुपाल्चोकका सरल सहयात्री पौडेल विजयी भएका छन् ।

काभ्रेपलान्चोकका दीननाथ गौतम (प्रयास)लाई पराजित गर्दै सरल अध्यक्षमा निर्वाचित भएका हुन् । पौडेलले १६२ मत ल्याए भने गौतमले ८६ मतमात्रै पाए ।
यस्तै तीन जना उपाध्यक्षमा रुपा महर्जन, प्रेमबहादुर पुलामी र रामप्रसाद ढुंगाना विजयी भएका छन् । सचिवमा काभ्रेका इन्द्रबहादुर थिङ (छिन्ताङ) निर्वाचित भएका छन् ।
तीन जना सहसचिवमा दलबहादुर बुर्लाकोटी, माधवप्रसाद लामिछाने र प्रकाश श्रेष्ठ निर्वाचित भएको निर्वाचन समितिले जनाएको छ ।
कोषाध्यक्षमा संगीता भट्टराई विजयी भएकी छन् ।
Advertisement
सम्मेलन सुरु भएको १० दिनसम्म पनि अध्यक्षसहित पदाधिकारीमा सहमति हुन नसकेपछि सोमबार राति मतदान भएको थियो । माओवादीले प्रदेश कमिटीका सदस्यहरूलाई मतदाता मानेर निर्वाचन गराएको हो ।
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना












आज वैशाख कृष्ण औँसी, आमाको मुख हेर्ने दिन
नुवाकोटको दुप्चेश्वरमा वैशाख १८ गते ग्लानको राष्ट्रिय सम्मेलन हुने
हेटौंडामा घरमै पुगेर दिइयो राहदानी
प्रधानमन्त्रीलाई मुख्यमन्त्री बानियाँको सुझाव, गाँजा खुला गरौं
डिजेल र मट्टीतेलको मूल्य ३० रुपैयाँले बढ्यो, पेट्रोल बढेन





प्रतिक्रिया