पछिल्लो २४ घण्टामा थप २७४ जनामा कोरोना संक्रमण,३ जनाको मृत्यु
पछिल्लो २४ घण्टामा थप २७४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

७ हजार ६ सय ९१ जनाको पीसीआर परीक्षण गर्दा २६९ जना र १ हजार ३ सय २५ जनाको एन्टिजेन परीक्षण गर्दा २४ जना गरी २७४ जनामा कोरोना भाइरसको संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
यस्तै पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट ३ जनाको मृत्यु भएको छ भने २७० जना निको भएका छन् ।
शुक्रबार थपिएसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ९ लाख २१ हजार ३४७ पुगेको छ । योसँगै नेपाल मृत्यु हुनेको संख्या ११ हजार ५७० पुगेको छ भने ८ लाख ८ हजार ३५३ जना संक्रमणमुक्त भएका छन् ।
मन्त्रालयका अनुसार हाल देशभर सक्रिय संक्रमितको संख्या ५ हजार ५२२ जना रहेका छन् । जसमध्ये ५ हजार २४७ जना होम आइसोलेसनमा रहेका छन् भने २७५ जना संस्थागत आइसोलेसनमा रहेका छन् । कोरोनाका बिरामीमध्ये १०४ जना आईसीयू र २५ जना भेन्टिलेटरमा उपचाररत् छन् ।
यस्तै १० वर्ष मुनिका ८ बालबालिकामा कोरोना संक्रमण पुष्टि भएको छ भने ११ देखि २० वर्ष उमेर समूहका ३१ जना कोरोना संक्रमित थपिएका छन् ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना













मापसे गरेर बस चलाउने विदुरका राजु पक्राउ
विद्यार्थीलाई झोलासहितको स्टेशनरी सामग्री वितरण
धादिङका स्थानीय पारिजात संरक्षणमा जुटे
केन्द्रीय कारागार जाने बाटो पुनर्निर्माण हुँदै
जेन–जी आन्दोलनमा बागमती प्रदेशमा ९० करोडको क्षति





प्रतिक्रिया