शेयर बजार राताम्मे, ४ अर्ब ९ करोडको कारोबार

नुवाकोट । हप्ताको पहिलो दिन शेयर बजार घटेर राताम्मे भएको छ ।

शेयर बजार परिसूचक नेप्से आज आइतवार ७२ दशमलव ३० अङ्कले घटेर दुई हजार पाँच सय १३ दशमलव ८८ विन्दुमा झरेको छ ।
आज सबै समूहको शेयर घटेकोमा विकास बैंक, बीमा, व्यापार, फाइनान्स र माइक्रोफाइनान्स समूहको शेयर उच्च अङ्कले घटेको छ ।
वित्त उपसमूहको परिसूचक सबैभन्दा बढी ४ दशमलव ५४ प्रतिशतले घटेको छ । त्यस्तै व्यापार ४ दशमलव २९ र विकास बैंक उपसमूहको परिसूचक ४ दशमलव २७, जलविद्युत् ३ दशमलव २९, अन्य र लगानी उपसमूहको परिसूचक ३ प्रतिशतभन्दा बढी घटेको छ ।
साथै बैंकिङ २ दशमलव ३३, होटल तथा पर्यटन २ दशमलव २७, निर्जीवन बीमा २ दशमलव १६ , उत्पादन तथा प्रशोधन २ दशमदज ०८, लघुवित्त २ दशमलव ६४ र जीवन बीमा उपसमूहको परिसूचक २ दशमलव २७ प्रतिशतले घटेको छ ।
आज दुई सय २६ कम्पनीका ८९ लाख २० हजार कित्ता शेयर चार अर्ब नौ करोड रुपैयाँमा कारोबार भएकाे छ । सबैभन्दा धेरै नेशनल हाइड्रोपावर कम्पनीको २८ करोड ६२ लाख रुपैयाँको शेयर किनबेच भयो ।
आज दुई सय २६ कम्पनीमध्ये दुई सय १४ वटा कम्पनीको शेयर घटेको छ । आईसीएफसी फाइनान्स र सबैको लघुवित्त कम्पनीको शेयर आठ प्रतिशतभन्दा धेरैले घटेको छ । समग्र बजार राताम्मे हुँदा पनि न्यादी हाइड्रोपावर कम्पनीको शेयर १० प्रतिशतले बढेको छ ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना
प्रतिक्रिया