करिब ८ महिनामा कोरोनाबाट शुक्रबार शून्य मृत्यु
विदुर खबर
२०७८ मंसिर १७ गते २१:३०
नुवाकोट । नेपालमा ७ महिना २४ दिनपछि पछिल्लो २४ घण्टामा कोरोना संक्रमित मृत्यु शून्यमा झरेको छ ।

स्वास्थ्य मन्त्रालयको पछिल्लो विवरण अनुसार पछिल्लो २४ घण्टाको अवधिमा कुनै पनि कोरोना संक्रमितको मृत्य भएको छैन ।
यसअघि गत चैत २७ गते नेपालमा कोरोना संक्रमितको संख्या शून्य रहेको स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता समीर अधिकरीले जानकारी दिए । यस्तै गत जेठ ५ मा एकै दिन सबैभन्दा बढी २ सय ४६ जनाको मृत्यु भएको थियो ।
स्वास्थ्य मन्त्रालयको पछिल्लो विवरण अनुसार ११ हजार ५ सय ३५ जनाको कोरोना संक्रमणको कारण मृत्यु भएको छ । नेपालमा १० लाख जनसंख्यामा औसत मृत्यु ३ सय ८० जना रहेको छ ।
यससँगै पछिल्लो २४ घण्टामा नेपालमा २ सय ४६ जना संक्रमित थपिएका छन् ।
Advertisement
७ हजार ८ सय ३६ जनाको नमूना परीक्षण गरिएकोमा हाल नेपालमा सक्रिय संक्रमितको संख्यामा ६ हजार ९ सय २१ रहेको छ ।
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना














नेपाली कांग्रेस नुवाकोट क्षेत्र नं २ प्रदेश “क” सचिव रिजाल संस्थापनइतर पक्षमा खुले
विस्थापित परिवारलाई ५० हजार राहत दिने तारकेश्वर गाउँपालिकाको निर्णय, वडाको सिफारिससहित सम्पर्क गर्न आग्रह
नुवाकोट,रसुवा र धादिङका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना
ढुङ्गे-त्रिशूली जोड्ने बेलिब्रिज निर्माणका लागि संयुक्त स्थलगत निरीक्षण
संगीना वैद्य तालिम तथा प्रशिक्षण विभागको निर्देशक नियुक्त 





प्रतिक्रिया