राप्रपाको एकता महाधिवेशन आज सुरु हुँदै
नुवाकोट । राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल (राप्रपा) को महाधिवेशन आजदेखि काठमाडौंमा सुरु हुँदैछ ।

कमल थापा, पशुपतिशम्शेर जबरा र डाक्टर प्रकाशचन्द्र लोहनी नेतृत्वका तीन राप्रपाको एकीकरण पछि हुन लागेको यो महाधिवेशनलाई राप्रपाले एकता महाधिवेशन भनेको छ ।
यो महाधिवेशनबाट राप्रपाको नयाँ नेतृत्व चयन हुनेछ । १७ गतेसम्म चल्ने महाधिवेशनबाट झण्डै चार हजार प्रतिनिधिहरूले १४७ सदस्यीय कार्य समिति चयन गर्ने राप्रपाले जनाएको छ ।
कुल १९९ सदस्य कार्य समितिमा ७५ प्रतिशत अर्थात अध्यक्षसहित १४७ जना प्रत्यक्ष निर्वाचित हुनेछन् भने बाँकी २५ प्रतिशत अर्थात् ५२ जना निर्वाचित कार्य समितिले मनोनित गर्ने राप्रपाको विधानमा व्यवस्था छ ।
यस पटक राप्रपामा नेतृत्व परिवर्तनको आवाज चर्किएको छ । अध्यक्षका लागि नेता राजेन्द्रप्रसाद लिङ्देनले उम्मेदवारी घोषणा गरिसकेका छन् । वर्तमान अध्यक्ष अध्यक्षका स्वभाविक दावेदार छन् ।
नेपालगञ्जका मेयरसमेत रहेका डाक्टर धवलशम्शेर जबराको समर्थनमा उम्मेदवारी घोषणा गरेका लिङ्देनलाई पार्टीका एक जना अध्यक्ष डा. प्रकाशचन्द्र लोहनीले पनि समर्थन गरेका छन् ।यसबाहेक उनलाई युवा नेताहरूले पनि साथ दिएका छन् ।
अध्यक्ष थापालाई भने नेताहरू दीपक बोहोरा, बुद्धिमान तामाङ, ध्रुव प्रधान, जयन्त चन्द, रोशन कार्की, उद्धव पौडेललगायतको साथ रहेको छ ।
अर्का अध्यक्ष पशुपतिशम्शेरले भने आफू अध्यक्षको उम्मेदवार नबन्ने भन्दै एकताको महाधिवेशनको पक्षमा रहेको बताएका छन् । उनले खुलेर कसैलाई समर्थन गरिसकेका छैनन् ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना













शाही युवा शक्ति नुवाकोट जिल्ला कार्यसमिति गठन
नुवाकोटको दुप्चेश्वरमा बढ्दै भक्तजन
एमाले महाधिवेशनमा नेतृत्वको रस्साकसी
धादिङमा माइक्रोबस दुर्घटना हुँदा ११ जना घाइते
सहकारी चोरीमा संलग्न नुवाकोटका गजुरेल १० लाखसहित पक्राउ





प्रतिक्रिया