पेट्रोलियम पदार्थमा मुल्य वृद्धिको विरोधमा नेपाल बन्दको घोषणा
विदुर खबर
२०७८ कार्तिक २५ गते १६:०७

नुवाकोट । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले देशव्यापी आन्दोलनको घोषणा गरेको छ ।

पेट्रोलियम पदार्थको मूल्यवृद्धिविरुद्ध विप्लव नेतृत्वको नेकपाले देशैभर ६ दिने विरोध कार्यक्रम घोषणा गरेको हो । पार्टी महासचिव विप्लवले वक्तव्य जारी गर्दै देश व्यापी विरोधदेखि नेपाल बन्दसम्मका कार्यक्रम सार्वजनिक गरेका छन ।
घोषित कार्यक्रम अनुसार आज २५ गते देशव्यापी विरोध गर्ने, २६ गते मशाल जुलुस निकाल्ने, २७ गते दिउँसो १ देखि २ बजेसम्म देशव्यापी प्रदर्शन गर्ने, २८ गते बिहान १० देखि ११ बजेसमम चक्काजाम गर्ने, २९ गतेदिउँसो सिट्ठी जुलुस र साँझ मसाल जुलुस निकाल्ने जनाइएको छ ।

अन्तिम दिन ३० गते नेपाल बन्द गर्ने कार्यक्रमसमेत विप्लव समूहले तय गरेको छ ।
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना
प्रतिक्रिया