नुवाकोटमा कांग्रेस अझै एक हुन सकेन
विदुर । नुवाकोट कांग्रेसमा लामो समयदेखि फरक फरक गुट बनाएर हिँडेका महत र केसी अझै एक हुन नसकेपछि नेता तथा कार्यकर्ताहरुले चिन्ता व्यत्त गरेका छन् ।
चारवर्षअघि सम्पन्न स्थानिय तथा प्रदेश र संघिय चुनावमा नराम्रो पराजय भोगेका कांग्रेस नेताहरुको अझै होस नआएको भन्दै आम सर्वसाधारणले बताउन थालेका छन् ।

चारवर्ष अघि सम्पन्न भएको स्थानिय तथा प्रदेश र केन्द्रको चुनावपछि लगभग एक बनेका कांग्रेसका महत र केसी पक्ष महाधिवेशन नजिकिएसँगै फेरि अलग अलग समुह बनाएर हिँडिरहेका छन् ।
तत्कालिन नेकपा र एमालेको फुटका कारण हौसिएका नुवाकोटका कांग्रेस कार्यकर्ताहरु पुन नेताहरुको गुटगत राजनीतिको कारण फेरि निराश भएका छन् ।
पछिल्लो समय नुवाकोटमा महत र केसी पक्ष अर्काको अस्तित्व नै स्वीकार नगर्ने पक्षमा देखिएका छन् भने जसरी नि जिल्ला आफुले कब्जा गर्ने रणनिति अपनाएर हिँड्न थालेका छन् ।
यसै क्रममा शनिवार विदुरमा केसी समुहले आयोजना गरेको चियापान कार्यक्रममा महत र बहादुरसिंह लामा समुहका नेता तथा कार्यकर्ताहरु अटाएनन भने महत र लामाले आयोजना गरेको कार्यक्रममा केसी समुहका कोही गएनन् । यसले पनि नेपाली कांग्रेसको गुटगत राजनीति कस्तो छ भन्ने पुष्टि गर्दछ ।
दुबै समुहले फरकफरक स्थानमा आयोजना गरेको चियापान कार्यक्रम पनि अर्काे समुहको गाली गर्ने मैदान बन्दै गएको सरोकारवालाहरु बताउँछन् । यस्तो गुटगत राजनीतिले व्यक्ति मात्रै नभई सिंगो पार्टी पङतिmमा असर पर्ने उनीहरुको चिन्ता छ ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना











काठमाडौं-केरुङ रेलमार्ग सरकारको प्राथमिकतामा
एसईको नतिजा सार्वजनिक, ६५ प्रतिशत विद्यार्थी उत्तीर्ण
नुवाकोटमा महुली लघुवित्तको वित्तिय साक्षरता तथा केन्द्र प्रमुख गोष्ठी सम्पन्न
नुवाकोट मोबाइल व्यवसायी संघको अध्यक्षमा श्रेष्ठ
नुवाकोट क्रसर उद्योग संघको अध्यक्षमा चित्रकार





प्रतिक्रिया