नुवाकोटमा कांग्रेस र माओवादीलाई धुलो चटाउन एमाले नेता बाँस्कोटाको निर्देशन
नुवाकोट । नेकपा एमालेका प्रभावशाली युवा नेता गोकुल बाँस्कोटाले आगामी निर्वाचनमा नुवाकोट जिल्लामा कांग्रेस र माओवादीलाई कोल्याप्स पार्न निर्देशन दिएका छन ।
आइतबार एमालेको विदुरनगर कमिटीको प्रथम अधिवेशन उद्घाटन गर्दै पूर्वमन्त्री समेत रहेका बास्कोटाले आगामी निर्वाचनमा कांग्रेस र माओवादीलाई कोल्याप्स गर्नुको विकल्प नरहेको बताए ।

बाँस्कोटाले आगामी निर्वाचनमा एमालेले प्रतिनिधिसभामा मात्रै किम्तिमा १३८ सिटमा जित हाँसिल गर्नुपर्ने बताए । उनले ६ पटक अर्थमन्त्री भएका डा रामशरण महतले विकासका नाममा जिल्ला जोड्ने एउटा सडक समेत बनाउन नसकेको भन्दै जनताले मतदान गर्ने कि मलामी बन्ने भन्ने विषयमा निर्णय लिनुपर्ने बताए ।
कांग्रेसले पटक पटक सत्तामा बसेर केही नगरे पनि नेकपा एमालेले त्रिदेशीय मार्गको नुवाकोट खण्ड कालोपत्रे गरिसकेको र छहरे टोखामा सुरूङ मार्ग निर्माणको काम सुरू हुने चरणमा पुर्याएको बताए । उनले नुवाकोटकै बाटो हुँदै काठमाडौँ रेल पुर्याउनका लागि एमालेले सपना देखेको भन्दै साकार पार्ने काम पनि एमालेले नै गर्ने बताए ।
नेता बाँस्कोटाले विकासका लागि एमालेको विकल्प नभएको बताए । उनले वडा तहदेखि संगठन बलियो बनाउँदै गएपछि चुनावमा राम्रो नतिजा प्राप्त गर्न सक्ने बताए ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना












अब दुई दिन सरकारी बिदा
नुवाकोटमा स्कुटर र्दुघटना हुँदा एक जनाको मृत्यु
रेग्मीको ‘अक्षरमा अनुभूति’ मुक्तक संग्रह लोकार्पण
कलाकार सागर लम्साल (बले) पक्राउ
आज धेरै ठाउँमा हावाहुरीको सम्भावना





प्रतिक्रिया