समृद्ध प्रदेशको रुपमा विकास गर्नेः मुख्यमन्त्री पौडेल
प्रदेश नं. ३ का मुख्यमन्त्री डोरमणि पौडेलले जनतालाई प्रत्यक्ष अनुभूती हुने गरी यो प्रदेशलाई समृद्ध प्रदेशका रुपमा विकास गर्ने बताउनुभएको छ ।
मदन भण्डारी फाउण्डेशनको दोस्रो राष्ट्रिय सम्मेलनको आज यहाँ उद्घाटन गर्दै उहाँले भन्नुभयो, “ वर्तमान सरकारले देशमा व्यापक परिवर्तन गरेरै छाड्ने छ, यो हाम्रो सङ्कल्प हो, यसलाई पूरा गर्न सबैको साथ र सहयोग आवश्यक छ ।”
मुख्यमन्त्री पौडेलले पच्चीस वर्षअघि जननेता मदन भण्डारीले स्थापना गरेको जगमा हामी अहिले उभिरहेका छौँ भन्दै मदन भण्डारीको सिद्धान्तलाई जीवन्त बनाउन सकेमा मात्र उहाँप्रति सच्चा श्रद्धाञ्जलि ठहरिने बताउनुभयो ।
मदन भण्डारी फाउण्डेशनका केन्द्रीय सदस्य सीता पौडेलले नेपाल कम्युनिष्ट पार्टीभित्र बहुदलीय जनवादलाई आत्मसात् गर्दै आएका र जनताको बहुदलीय जनवादको नाम नै सुन्न नचाहने दुई फरक धार भएका नेकपा एमाले र माओवादीबीच एकता भएको प्रसङ्ग उल्लेख गर्दै वर्तमान सरकारले जनताको चाहना र अपेक्षा पूरा गर्ने बताउनुभयो ।
नेकपाका नेता डा राजन भट्टराई तथा देवराज घिमिरेले नेपालको कम्युनिष्ट आन्दोलनलाई मदन भण्डारीले प्रजातान्त्रिकीकरण गरेको धारणा व्यक्त गर्नुभयो ।
सभापतिको आसनबाट मदन भण्डारी फाउण्डेशनका उपाध्यक्ष गुरु बरालको सभापतित्वमा कार्यक्रम सम्पन्न भयो ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना












पेट्रोलको मूल्य १५ रुपैयाँ बढ्यो
खेल विज्ञानको अनुशासन सदनमा उतार्ने जिम्मेवारीमा लामिछाने
रसुवामा आचार्य लगातार तेस्रोपटक अनुमोदित
एक हप्तामै बन्दैछ बालेन सरकार, पहिलो दिनदेखि नै नयाँ सन्देश
आजको मौसम : आज चार प्रदेशमा वर्षाको सम्भावना





प्रतिक्रिया