पूर्व राजपरिवारसँग रमाए कलाकार
नुवाकोट । शुभचिन्तक र फ्यानहरूले सेलिब्रेटीहरूलाई घेरा हालेर उनीहरूसँग उभिएर तस्वीर खिचाएको सधैं देखिएकै हो। तर, शुक्रबार भने राजधानीमा तीनै सेलिब्रेटीहरू अरूसँग उभिएर तस्वीर खिचेर रमाएको देखियो।

सेलिब्रेटीहरू शुक्रबार पूर्वयुवराज्ञी हिमानी शाहद्वारा सञ्चालित हिमानी ट्रस्टले राजधानीको सोल्टीमोडस्थित होटल सोल्टी क्राउन प्लाजामा तिहार र छठको अवसरमा आयोजना गरेको चियापान समारोहमा पूर्व राजपरिवारसँग तस्वीर खिचेर रमाएका हुन्।
चियापान समारोहमा नयाँदेखि पुराना पुस्तासम्मका कलाकारहरू पूर्व राजपरिवारका सदस्यहरूसँग तस्वीर खिचेर रमाइरहेका देखिन्थे। कार्यक्रमलाई भव्य र सभ्य रूप दिन कार्यक्रमस्थलमा पञ्चेबाजा बजाइएको थियो। समय समयमा शंखध्वनी पनि बजाइएको थियो। चियापान स्थलमा बाँसुरी र सारंगीको मौलिक धुनसँगै मादल घन्काइएको थियो।

कलाकार, संगीतकार, साहित्यकार, खेलाडीलगायतलाई निम्तो गरिएको कार्यक्रममा आगन्तुकहरूलाई स्वागत गर्न पूर्वयुवराज्ञी हिमानी राज्यलक्ष्मी शाह आफ्ना सहयोगीहरूका साथमा आफैं उभिएकी थिइन्। उनले कलाकार, खेलाडी, साहित्यकार लगायतलाई कार्यक्रमस्थलसमेत आफैँ देखाएकी थिइन्। पछिल्लो समयमा पूर्वराजपरिवारका साथमा कमै देखिने पूर्वयुवराज पारस शाहसमेत कार्यक्रममा हिमानीका साथ देखिएका थिए। पूर्वराजा ज्ञानेन्द्र शाह भने पाहुनालाई बोलाइएको समयभन्दा एक घन्टा ढिलो गरी सोल्टी पुगेका थिए। पारस ज्ञानेन्द्र बसेकै लहरमा बस्न पुगेका थिए।
पूर्वराजा उठेर चियापानतर्फ लागेपछि कलाकर्मीहरूले उनीसँग पालैपालो एक्ला एक्लै र सामूहिक फोटो खिचाएका थिए। कलाकारहरूले ज्ञानेन्द्रसँगै पारस, हिमानी र हृदयन्द्रसँग पनि फोटो खिचाएका थिए।
प्रायः कलाकार दौरा–सुरुवाल, साडी–चोलो र सुटमा देखिएका थिए। फोटो खिचिसकेपछि ज्ञानेन्द्र, पारस र हिमानीले सबैलाई धन्यवाद भन्दै तिहारको शुभकामना दिए। कार्यक्रममा पूर्वअधिराजकुमार हृदयेन्द्र सरिक भए पनि पूर्वरानी कोमल शाह भने देखिएकी थिइनन्।

- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना











म सिनियर हुँ, संसदीय दलको नेतामा दाबी रहन्छ : केसी
‘म अर्जुननरसिंह केसी ‘गगनको ससुरा भएर बनेको हुँ ?’
चैत ११ मा प्रतिनिधिसभाका ज्येष्ठ सदस्य केसीको शपथ
आजको मौसम : देशभर वर्षा र हिमपातको सम्भावना
नुवाकाेटकाे बुद्धभुमी हाइड्रोले चैत २२ गतेदेखि हकप्रद शेयर निष्काशन गर्ने





प्रतिक्रिया