सुनिल शेट्टी नेपाली फिल्ममा खेल्ने पक्का
नुवाकोट । बलिउडका चर्चित अभिनेता सुनिल शेट्टीले नेपाली फिल्म खेल्ने पक्का भएको छ। उनले मुकुन्द भट्टको निर्देशनमा बन्न लागेको फिल्म ‘एक्स नाइन’मा अभिनय गर्ने पक्का भएको हो।
निर्देशक भट्टले बुधबार आफ्नो फेसबुकमा स्टेटस लेख्दै शेट्टी आफ्नो फिल्ममा खेल्न तयार भएको जानकारी दिएका हुन्। फिल्ममा शेट्टी भिलेनको भूमिकामा देखिँदै छन्। शेट्टीबाहेक एक्स नाइनमा अनमोल केसी, पुष्प खड्का, सौगात मल्ल, निश्चत बस्नेतलगायतको अभिनय हुने निर्माण पक्षले जनाएको छ।
‘ब्लु स्पार्क प्रोडक्सन’को ब्यानरमा निर्माण भइरहेको फिल्म एक्सन र थ्रिलर कथामा आधारित रहेको छ। फिल्मको छायाङ्कन तिहारपछि नेपाल र युरोपमा हुने बताइएको छ।
‘लप्पन छप्पन’ सिरिजका निर्देशक रहेका भट्टले यो फिल्मलाई लिएर निकै प्रचार गरेका छन्। भारतमा गएर शेट्टीलाई मनाउनेदेखि नेपालमै पनि बजारमा चलेका कलाकारहरुलाई फिल्ममा लिइएको छ।
भट्टको निर्देशन रहेको फिल्मलाई यादवप्रसाद पाठकले निर्माण गर्दै छन्। यसमा कथा, पटकथा र संवाद निर्देशक भट्ट र नरेशनाथ योगीले लेखेका छन्। फिल्म तिहारपछि फ्लोरमा जाने र सन् २०२२ मा विश्वव्यापी प्रदर्शन गरिने निर्माणपक्षले घोषणा गरेको छ।

- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना











म सिनियर हुँ, संसदीय दलको नेतामा दाबी रहन्छ : केसी
‘म अर्जुननरसिंह केसी ‘गगनको ससुरा भएर बनेको हुँ ?’
चैत ११ मा प्रतिनिधिसभाका ज्येष्ठ सदस्य केसीको शपथ
आजको मौसम : देशभर वर्षा र हिमपातको सम्भावना
नुवाकाेटकाे बुद्धभुमी हाइड्रोले चैत २२ गतेदेखि हकप्रद शेयर निष्काशन गर्ने





प्रतिक्रिया