मैलुङ-स्याफ्रुवेंसी सडक शिलान्यासको बित्यो दुई वर्ष, काम भने अझै सुरु भएन
नुवाकोट । २०७६ असोज १६ मा स्याफ्रुवेंसी-मैलुङ १७ किलोमिटर सडक निर्माणको शिलान्यास भएको थियो। मितेरी पुल नजिकै भएको शिलान्यासमा करिब ५० जना चिनियाँसहित कामदारहरु साइटमा काम गर्दा लगाउने पोसाकमै उपस्थित थिए।

एस्काभेटर, लोडर लगायतकमा इक्विपमेन्ट पनि तयार अवस्थामा राखिएको थियो। उनीहरु कामै सुरु गर्ने जसरी आएका थिए। हुन पनि सबै आयोजनाको शिलान्यास गरेर काम सुरु गर्ने चलन छ। तर दुई वर्ष बितिसक्दा पनि काम अघि बढ्न सकेको छैन।
सोही दिन फर्किएको टोली अहिलेसम्म साइटमा नआएका कारण काम सुरु हुन नसकेको हो। ‘त्यो दिन कामै सुरु गर्ने जसरी आएका थिए। रसुवागढी हाइड्रोपावरबाट कामदार र सामान भाडामा ल्याएका रहेछन्। एकछिनमा हिडिहाले,’ गल्छी-त्रिशूली-मैलुङ-स्याफ्रुवेंसी सडक योजना प्रमुख नारायणदत्त भण्डारीले भने, ‘त्यसपछि चिनियाँ फर्किएका छैनन्। काम सुरु हुने कुरै भएन।’
उनीहरुले एक साताभित्रै काम सुरु गर्ने प्रतिबद्धता जनाएका थिए। भण्डारीका अनुसार पछि सम्पर्क गर्दा कोरोनाका कारण आउन नसकेको बताएका छन्। द्धिपक्षीय सम्झौता अनुसार स्याफ्रुवेंसीदेखि रसुवागढीसम्मको सडक चिनियाँहरुले अनुदान सहयोगमा निर्माण गर्न लागेका हुन्।
करिब साढे चार अर्ब खर्चेर नेपालतर्फको १७ किमि सडक एसियन हाइवे स्ट्याण्डर्डमा डेडिकेटेड दुइ लेनमा विस्तार गरिदिने डिजाइनमा छ।त्यसका लागि साइट क्लियर र सहजीकरण भने नेपाली पक्षले गरिदिने सहमति भएको भण्डारीले बताए।
रसुवागढी पुग्ने सडकलाई गल्छी- मैलुङ ४६ किमी, मैलुङ-स्याफ्रुवेंसी (१९ किमि) र स्याफ्रुवेसीदेखि रसुवागढी (१७ किमि) गरी तीन खण्ड बनाएर अघि बढाइएको छ। जसमा दुई खण्डको काम भइरहेको छ। तेस्रो खण्डको कामै हुन सकेको छैन्। पहिलो खण्डको ७० प्रतिशत काम सकिएको छ। दोस्रो खण्डको २० प्रतिशत काम सकिएको छ। दुई खण्ड सरकारले आन्तरिक स्रोतबाट निर्माण अघि बढाएको हो।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना













निरञ्जना मन्दिरमा देवीको वहान प्रतिस्थापना
नुवाकोट महोत्सवको तयारी तिव्र
रवि, कुलमान र बालेन्द्रबीच एकताकाे प्रयास जारी
“बार डे: जेन जी आन्दोलन र बार रुपान्तरणको सवाल”
सुनको भाउ ऐतिहासिक उचाईमा,एकैदिन ३ हजार ४ सय रुपैयाँले बढ्यो





प्रतिक्रिया