सुदूरपहाडमा दुई हप्तामा तीनपटक भूकम्प
विदुर खबर
२०७८ असोज १६ गते ६:५२
नुवाकोट । सुदूरपश्चिम प्रदेशको पहाडी क्षेत्रमा पछिल्लो समय लगातार भूकम्पको धक्का महसुस भइरहेको छ ।

दुई हप्ताको अवधिमा यस क्षेत्रमा तीनपटक भूकम्प गइसकेको छ । शुक्रवार मात्रै बिहान ४ः५५ मिनेटमा बझाङको सुर्मा गाउँपालिकाको दौलीचौर केन्द्रविन्दु भएर ३ दशमलव ८ रेक्टर स्केलको भूकम्प गएको भूकम्प मापन केन्द्र सुर्खेतका प्रमुख तीर्थराज दाहालले जानकारी दिनुभयो ।
यसअघि असोज ८ गते दार्चुला सदरमुकामबाट उत्तरपश्चिम ४० किमी भारत केन्द्रविन्दु भएर ४ दशमलव ४ रेक्टर स्केलको भूकम्प गएको थियो ।
त्यसअघि असोज ४ गते दार्चुलाको खर्रा क्षेत्र आसपास केन्द्रविन्दु भएर ४ दशमलव २ रेक्टर स्केलको भूकम्प धक्का महसुस गरियो । लगाताररूपमा धक्का महसुसले यहाँ जोखिम बढ्दै गएको छ । तीन पटक गएको भूकम्पले भने कुनै क्षति गरेको छैन ।
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना












किस्पाङका कृषकहरूलाई ५० प्रतिशत अनुदानमा दुहुनो गाई भैंसी वितरण
ब्लड डोनर्स एसोसिएसन नुवाकोटको रत्तदान कार्यक्रम सम्पन्न
नुवाकोटको तारकेश्वरका विक्रम थापा मगर पक्राउ
लाङटाङमा रोपिएको स्याउ सप्रिएपछि गाउँले खुशी
रास्वपा नुवाकोटको सभापतिमा रामेश्वर गजुरेल निर्वाचित





प्रतिक्रिया