कांग्रेसको नेतृत्व लिन अर्को पुस्ता तयार छ: प्रकाशमान सिंह
नुवाकोट । नेपाली कांग्रेसका पूर्वमहामन्त्री प्रकाशमान सिंहले पार्टीमा नेतृत्व हस्तान्तरण हुनुपर्ने बताएका छन्।

अहिलेको नेतृत्व परिवर्तन गर्नुपर्ने आवश्यकता रहेको औंल्याएका सिंहले लोकतान्त्रिक पद्धति जोगाउन पनि नेतृत्व परिवर्तन हुनुपर्ने बताए। उनले यो कुरा कोटेश्वरमा बुधबार आयोजित कार्यक्रममा भनेका हुन्। ‘पार्टीलाई संस्थागत गर्न र लोकतान्त्रिक पद्धति जोगाई राख्न नेतृत्व परिवर्तनको आवश्यकता छ,’ उनले भने।
सिंहले सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेललाई अब फेरि पनि सभापतिमा नउठ्न आग्रह गरेका छन्। बरू नेतृत्व हस्तान्तरणमा लाग्न पनि उनले सुझाव दिए। ‘कांग्रेसमा अर्को पुस्ता नेतृत्व लिन तयार भइसकेको छ,’ उनले भने।
नेतृत्व हस्तान्तरणमा नेताहरूले चासो नदिने हो भने राजनीतिमा युवाको आकर्षण नहुने उनको भनाइ थियो। नेतृत्वमा पुगेपछि पद लिइरहने गर्दा पनि त्यसको असर राजनीतिमा पर्ने उनले बताए।
उनले वर्तमान नेतृत्वबाट अलोकतान्त्रिक काम भइरहेको पनि आरोप लगाए। पार्टीप्रति जनताको भरोसा र विश्वास जोगाईराख्न पनि नेतृत्व परिवर्तन हुनुपर्ने उनले बताए।
नेता सिंह पनि १४ औं महाधिवेशनमा सभापति पदमा उठ्ने तयारी गरिरहेका छन्।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना












आज वैशाख कृष्ण औँसी, आमाको मुख हेर्ने दिन
नुवाकोटको दुप्चेश्वरमा वैशाख १८ गते ग्लानको राष्ट्रिय सम्मेलन हुने
हेटौंडामा घरमै पुगेर दिइयो राहदानी
प्रधानमन्त्रीलाई मुख्यमन्त्री बानियाँको सुझाव, गाँजा खुला गरौं
डिजेल र मट्टीतेलको मूल्य ३० रुपैयाँले बढ्यो, पेट्रोल बढेन





प्रतिक्रिया