एकीकृत समाजवादी रसुवाकाे अध्यक्षमा तामाङ

विदुर खबर २०७८ असोज ५ गते १७:०९

रसुवा । नेकपा एकीकृत समाजवादी पार्टी रसुवाका अध्यक्षमा पुर्ण तामाङ चयन भएका छन् ।

Advertisement

नेपाल कम्युनिष्ट पार्टी एकीकृत समाजवादीकाे बिस्तारित बैठक इन्चार्जमा पुर्ण तामाङ र सह इन्चार्जमा पशुपति देवकोटालाइ चयन गरेकाे हाे । यसैगरी सचिवमा छिरिङ दर्के तामाङ (किप्पा तामाङ) सहित ७१ जनाको जिल्ला कार्यसमिति गठन गरिएको नेपाल कम्युनिस्ट पार्टी समाजवादीका प्रवक्ता मानबहादुर तामाङले जानकारी दिए । 

यस्तै बैठकले युवा समाजवादीको अध्यक्षमा राजु तामाङ ग्लान, अखिल नेपाल किसान महासंघको अध्यक्षमा मेघ नाथ आचार्य, अखिल समाजवादीको अध्यक्षमा राजेन्द्र न्यौपाने, अखिल नेपाल समाजवादी ट्रेडयुनियन महासंघको अध्यक्षमा बिष्णु न्यौपाने,  अखिल समाजवादी खेलकुद महासंघको अध्यक्षमा विकास तामाङ, कृषि विभागको अध्यक्षमा निशान परियार, समाजवादी जन सस्कृति महासंघको अध्यक्षमा आषिश बिश्वकर्मा, दलित समाजको अध्यक्षमा भोजराज विश्वकर्मा, समाजवादी निर्माण व्यवसायी महासंघको अध्यक्षमा ईन्द्र सापकोटालाइ चयन गरेकाे छ । 

Advertisement

पार्टीको नौकुण्ड गाउँपालिकाको इन्चार्जमा कुमार स्याङतान, उत्तरगया गाउँपालिकाको इन्चार्जमा दिनेश बहादुर थापा, कालिका गाउँपालिका इन्चार्जमा सुरेश मगर र आमाछोदिङमो गाउँपालिका इन्चार्जमा दावा नुर्पु तामाङलाई जिम्मेवारी तोकिएको छ।

Advertisement

प्रतिक्रिया