नुवाकोटका खोलामा डोजर पस्नै नपाउने कानुन बनाउन सर्वोच्चको आदेश
नुवाकाेट । सर्वोच्च अदालतले क्रसर उद्योगलाई व्यवस्थित गर्न विशेष कानुन बनाउन सरकारलाई निर्देशनात्मक आदेश दिएको छ।
नेपालमा ठूलो समस्या बन्दै गएको नदीजन्य पर्दाथको उत्खनन्, प्रशोधन र ओसारपरलाई व्यवस्थित बनाउन छुट्टै कानुन बनाउन सर्वोच्चको संयुक्त इजलासले सरकारका नाउँमा आदेश दिएको हो।

नुवाकोटका राजेन्द्र चित्रकारले २०७४ पछि दायर गरेका तीनवटा रिट निवेदनमाथि अन्तिम सुनुवाइ गर्दै न्यायाधीश तेजबहादुर केसी र पुरुषोत्तम भण्डारीको इजलासले विशेष कानुन बनाउन भनेको हो।
गत चैत ९ गते फैसला भएर हालसालै सार्वजनिक भएको फैसलाको पूर्णपाठमा रिट निवेदन खारेज भए पनि क्रसर उद्योगलाई यसअघि बनेका कानुनका आधारमा थप व्यवस्थित बनाउन विशेष कानुनको व्यवस्था गर्न आदेश दिएको छ।
पछिल्ला वर्षहरुमा नेपालका सबैजसो नदी तथा खोलाहरुमा अवैध रुपमा मापदण्ड नै पूरा नगरी बालुवा, रोडा, गिटी र ढुंगाका लागि क्रसर सञ्चालन गर्ने र प्राकृतिक स्रोत साधनको अत्याधिक दोहन गर्ने होडबाजी चलिरहेको छ।
यसका कारण ठूला खालका प्राकृतिक विपत्ति निम्तिने गरेको छ। सर्वोच्चले विशेष कानुनमा समावेशन गर्नुपर्ने विषयलाई आदेशमा ९ बँदामा किटान गरेको छ जसमा नदीमा एक्साभेट ट्रेक्टर, जेसिभी र टिपरलगायतका कुनै पनि मेसिन पस्नै नपाउने व्यवस्था गर्न भनिएको छ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना














तारकेश्वरमा ७४ घरको एकीकृत बस्ती बन्ने, पुनर्वास प्रक्रिया सुरु
विदुरले घरभाडाबापत १० हजार रुपैयाँ उपलब्ध गराउने
विनाशकारी बाढीले त्रिभुवन त्रिशुली मावि पूर्ण रूपमा क्षतिग्रस्त: डिहीबजारमा अस्थायी रूपमा सञ्चालन गरिने
नुवाकाेटमा हैजाविरुद्धकाे खाेप
भत्किएका बाटा र बगेका पुलबीच यादमा सल्बलाएका ‘आफ्ना मानिसहरू’





प्रतिक्रिया