राप्रपाको जिल्ला अधिवेशनको अवधि असोज २० गतेसम्म थप
नुवाकोट । राष्ट्रिय प्रजातन्त्र पार्टीको जिल्ला अधिवेशनको अवधि असोज २० गतेसम्मका लागि थप गरिएको छ।
बिहीबार राप्रपाका अध्यक्षत्रय पशुपति शमशेर जबरा, कमल थापा र प्रकाशचन्द्र लोहनीको उपस्थितिमा बसेको केन्द्रीय विशेष समितिको बैठकले अवधि थप गरेको हो।
बैठकले सक्रिय सदस्यता वितरण गर्ने म्याद पनि २०७८ असोज २५ गतेसम्मका लागि थप गर्ने निर्णय गरेको छ। त्यस्तै, पार्टी संगठनको कुनै तहमा अध्यक्ष रहेको व्यक्ति पार्टीको कुनै संयोजित संगठनमा पदाधिकारी हुन नपाउने निर्णय पनि गरिएको छ।
त्यस्तै, बैठकले पार्टीको सांगठनिक तह निर्वाचन सम्बन्धी विनियमावली २०७७ परिच्छेद ३ को दफा १९) (ग) मा थप गरिएको छ। भनिएको छ, ‘सम्बन्धित वडा र प्रदेशसभा निर्वाचन क्षेत्रको न्यूनतम सक्रिय सदस्य संख्या पुगेको हकमा सम्बन्धित वडाको सक्रिय सदस्यले महाधिवेशन प्रतिनिधिको चुनावमा उम्मेदवार हुन पाउनेछ।
साथै सम्बन्धित प्रदेश सभा अन्तर्गतका सबै सक्रिय सदस्यहरुले केन्द्रीय महाधिवेशन प्रतिनिधिको निर्वाचनमा मतदान गर्न पाउने छन्।’
राप्रपाको आगामी महाधिवेशन कात्तिक २७ गतेदेखि सुरु हुनेछ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना














विदुरले घरभाडाबापत १० हजार रुपैयाँ उपलब्ध गराउने
विनाशकारी बाढीले त्रिभुवन त्रिशुली मावि पूर्ण रूपमा क्षतिग्रस्त: डिहीबजारमा अस्थायी रूपमा सञ्चालन गरिने
नुवाकाेटमा हैजाविरुद्धकाे खाेप
भत्किएका बाटा र बगेका पुलबीच यादमा सल्बलाएका ‘आफ्ना मानिसहरू’
किस्पाङ बाढीपीडितलाई राहत : मृतक परिवारलाई ३० हजार, घरबारविहीनलाई मासिक ४ हजार





प्रतिक्रिया