संसद् बैठक पुनः अवरुद्ध, अर्को बैठक असोज ४ मा
नुवाकोट । प्रतिनिधिसभाको मंगलबार बसेको बैठक पनि प्रमुख प्रतिपक्ष दल नेपाल कम्युनिस्ट पार्टी एमालेको अवरोधका कारण स्थगित भएको छ । प्रतिनिधिसभाको अर्को बैठक आगामी असोज ४ गते लागि बोलाइएको छ ।
एमालेले प्रतिनिधिसभा बैठकमा लगातार अवरोध गरे पनि सरकारले प्रतिस्थापन विधेयकमार्फत ल्याएको बेजटमाथिको छलफल सुरु भएको छ । बैठकमा अर्थमन्त्री जनार्दन शर्माले राखेको विनियोजन विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव स्वीकृत भएको छ ।
एमाले सांसदहरुले नाराबाजी गरिरहे पनि सभामुख अग्नि सापकोटाले बैठक अगाडि बढाउँदै अर्थमन्त्री शर्मालाई प्रस्ताव पेश गर्न समय दिएका थिए । मर्यादापालकको सुरक्षामा रोष्टममा पुगेर अर्थमन्त्री शर्माले प्रस्ताव पेश गरे ।
ध्वनी मतले सो प्रस्ताव पारित भएपछि बैठक अर्को कार्यसूचीमा प्रवेश गरियाे । दुईजना पूर्व सांसदहरु रुक्म शमशेर राणा र मानबहादुर महतोको निधनमा शोक प्रस्ताव पारितपछि मंगलबारको बैठक सकिएको छ ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना













शाही युवा शक्ति नुवाकोट जिल्ला कार्यसमिति गठन
नुवाकोटको दुप्चेश्वरमा बढ्दै भक्तजन
एमाले महाधिवेशनमा नेतृत्वको रस्साकसी
धादिङमा माइक्रोबस दुर्घटना हुँदा ११ जना घाइते
सहकारी चोरीमा संलग्न नुवाकोटका गजुरेल १० लाखसहित पक्राउ





प्रतिक्रिया