देउवाले शक्तिको दूरुपयोग गरेर पार्टी कब्जा गर्न खोजे : पौडेल

विदुर खबर २०७८ भदौ २८ गते १५:५५

नुवाकोट । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले पार्टी सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवाले सत्ता र शक्तिको दूरुपयोग गरेर पार्टी कब्जा गर्ने दुस्साहस गरिरहेका आरोप लगाएका छन्।

Advertisement

नेपाली कांग्रेस जिल्ला कार्य समिति सिन्धुपाल्चोकले सोमबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा देउवाको नाम नलिई पौडेलले यस्तो बताएका हुन्। सभापति देउवाले सत्ता र शक्तिको दूरुपयोग गरेर सम्पन्न गरेका कतिपय वडा अधिवेशनहरु आफूहरुलाई मान्य नहुने उनले चेतावनी दिएका छन्। उनले आफू पक्षका नेता, कार्यकर्ताहरुलाई पाखा लगाउने काम पार्टी नेतृत्वले गरेको भन्दै आक्रोश समेत व्यक्त गरे।

‘वडा अधिवेशनहरु भयो भनेर नाटक रच्न खोजिएको छ। हामी यसलाई मान्दैनौं। हामी त्यसको विरुद्धमा, यस्तो चुनाव हुनुहुँदैन, त्यसरी धाँधलीका प्रपञ्च रच्न, यसरी सत्ता र शक्तिको दूरुपयोग गर्न नेपाली काँग्रेस जस्तो पार्टीलाई सुहाउँदैन।

Advertisement

नेपाली कांग्रेसजस्तो लोकतन्त्रको पाठशाला भएको पार्टीलाई आज यस किसिमले सत्ता र शक्तिको प्रयोग गरेर यसको चुनावलाई अपवित्र पार्ने काम, साथीहरुलाई पाखा लगाउने काम, जो भएको छ। हामी त्यसको विरोध गर्न चाहन्छौ,’ पौडेलले भने।

प्रतिक्रिया