देशभर ११४६ संक्रमित थपिए, २१ जनाको निधन
नुवाकोट । देशभर पछिल्लो २४ घण्टामा एक हजार १४६ कोरोना संक्रमित थपिएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १० हजार ९१६ जनामा परीक्षण गर्दा एक हजार १४६ जनामा संक्रमण पुष्टि भएको हो ।
आज थपिएकासँगै नेपालमा सक्रिय संक्रमित संख्या २७ हजार ९५८ जना रहेको छ । मन्त्रालयका अनुसार ५०० भन्दा बढी सक्रिय संक्रमित रहेका जिल्ला १५ छन् । नेपालमा सक्रिय संक्रमण दर १९.३ प्रतिशत रहेको छ ।
यस्तै आज एक हजार ६६० जनाले कोरोना जितेका छन् । हालसम्म कूल सात लाख ३६ हजार ६६६ जना संक्रमण मुक्त भएका छन् । नेपालमा कोरोना निको हुने दर ९५ प्रतिशत रहेको छ ।
कोरोना संक्रमणबाट पछिल्लो २४ घण्टामा २१ जनाले ज्यान गुमाएका छन् । हालसम्म कूल १० हजार ९२४ जनाले संक्रमणबाट ज्यान गुमाएका छन् ।
हाल देशभर ४५८ जना सघन उपचार कक्ष (आइसियु), १४५ जना भेन्टिलेटर, २६ हजार २९६ जना होम आइसोलेसन, एक हजार ६६२ जना संस्थागत आइसोलेसन र २५२ जना क्वारेन्टाइनमा रहेका छन् ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना













शाही युवा शक्ति नुवाकोट जिल्ला कार्यसमिति गठन
नुवाकोटको दुप्चेश्वरमा बढ्दै भक्तजन
एमाले महाधिवेशनमा नेतृत्वको रस्साकसी
धादिङमा माइक्रोबस दुर्घटना हुँदा ११ जना घाइते
सहकारी चोरीमा संलग्न नुवाकोटका गजुरेल १० लाखसहित पक्राउ





प्रतिक्रिया