बेलकोटगढी कांग्रेसको नगर सभापतिमा इन्द्रकाे दाबेदारी
नुवाकाेट । नेपाली काँग्रेसको १४ औँ महाधिवेशनको मिति तोकिएसँगै नेतृत्वका लागि वडा, पालिका र जिल्ला हुँदै केन्द्रीय तहसम्मै आकांक्षीहरूको कसरत बाक्लो छ ।
यसैबीच काँग्रेस महाधिवेशनको रौनक नुवाकोटमा पनि बढेको छ । पार्टीका प्रभावशाली नेता एवं पूर्वमन्त्रीद्वय अर्जुन नरसिंह केसी र डा रामशरण महतको गृहजिल्ला भएकाले पनि जिल्लाको चुनावलाई अर्थपूर्ण रूपमा हेरिएकाे छ ।
यससँगै नुवाकोटको बेलकोटगढी नगरपालिकामा आसन्न महाधिवेशनको रौनक सुरु भइसकेको छ । नगरको वडा नं. ६ निवासी इन्द्र लामाले नगर सभापतिमा आफ्नो दाबी घोषणा गरेका छन् । मिजासिला स्वभावका लामा काँग्रेसका युवा नेता हुन् ।
युवाहरूका सवालमा लामा प्रष्ट रूपमा प्रस्तुत हुने गरेका छन् । साबिक दुइपिपल गाबिसका पुर्ब अध्यक्ष समेत रहेका लामालाइ बेलकोटगढीको डाइनामिक लिडरको रुपमा पनि लिने गरिएको छ । पार्टीमा गुट उपगुट सामान्य विषय हुन् । गुट उप गुट भएन भने पार्टीमा सर्वसत्तावाद लागु हुन्छ, उनले भने। इन्द्र लामा बेलकोटगढीका युवा राजनीतिकर्मीमा‘‘क्लिन चिट’ नेता हुन् ।
स्थानीय तहका यावत् सवालहरूलाई मूर्तरूप दिन राजनीतिक तहबाट तिनको समाधान खोज्दै राज्यको सबैभन्दा तल्लो तहमा लोकतान्त्रिक प्रकृयालाई अझ मजबुत बनाउने उद्देश्यले आफू राजनीतिमा होमिएको बताउँदै उनले बेलकोटगढी नगरपालिकाको नगर सभापतिमा उमेदवारी घोषणा गरेका छन् ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना












मूल्यवृद्धिको मार खेप्दा पनि धादिङको कालिदह खोलामा स्थायी पुल निर्माण सम्पन्न
नुवाकोटकाे गाउँगाउँमा सुन्तला–कागतीका बिरुवा, कृषकमा पलायो नयाँ आशा
रसुवागढी सीमा नाका दुई दिन बन्द
आज असार पन्ध्र, २३ औं राष्ट्रिय धान दिवस मनाइँदै
सहकारीमा हर्जाना ५ प्रतिशतमा सीमित, लाभांश १५ प्रतिशतभन्दा बढी बाँड्न नपाइने





प्रतिक्रिया