विदुर ५ को वडा सभापतिमा तीन जनाको दावेदारी

नुवाकोट । नेपाली कांग्रेस विदुर नगरपालिका वडा नम्बर ५ को वडा सभापतिमा तीन जनाले दाबेदारी प्रस्तुत गरेका छन् ।
आज भएको १४ औ महाधिवेसनको सन्र्दभमा आयोजित त्रियाशील सदस्यहरुको साधारण भेलामा वडा ईकाइ सभापति बन्न तीन जनाले दाबेदारी प्रस्तुत गरेका हुन् ।
वडा इकाई सभापतिको दाबेदारी प्रस्तुत गर्नेहरुमा नुवाकोट उद्योग वाणिज्य संघका महासचिव कृष्ण अधिकारी, नुवाकोट उद्योग वाणिज्य संघका सदस्य उत्तम ढकाल र छत्र डंगोल रहेका छन् ।
यसअघिका सभापति राजेन्द्र अर्यालले पनि सभापतिको दाबेदारी प्रस्तुत गरेका छन् ।
सभापतिमा दाबेदार गर्ने ढकाल नेपाली कांग्रेस विदुर नगरपालिकाका नगर सभापति नेत्र प्रसाद ढकालका छोरो हुन् भने छत्र डंगोल वडा नम्बर ७ का पुर्व ईकाइ सभापति हुन् । अधिकारी भने व्यवसायिक पृष्ठभुमिबाट राजनितिमा आएका युवा नेता हुन ।
नुवाकोटमा आगामी भदौ २१ गते जिल्लाको सबै ८८ वट्टै वडामा वडा इकाइको चुनाव हुँदै छ ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना
प्रतिक्रिया