बिनाकारण डेरावाल हटाइए ३ महिना बहालमा दिन नपाइने, घरधनीलाई अंकुश लगाउँदै ऐन
काठमाडौं– घरभेटी (घरधनी) ले विनाकारण डेरावाल (बहालवाला) लाई हटाउन नपाउने भएका छन्। भदौ १ गतेदेखि लागू हुने मुलुकी देवानी (संहिता) ऐन २०७४ ले घरधनी र बहालवालाको विषयलाई समेत समेटेको छ।
धेरै घरधनीले आफ्ना लागि आवश्यक भएको भन्दै बहालवालाई घर वा कोठा खाली गर्न लगाउने र तुरुन्तै अर्कोलाई भाडा रकम बढाएर दिने गरेका छन्। मुलुकी ऐनले घरधनीको यो मनोमानीमाथि अंकुश लगाउने भएको हो।
घरधनीले आफैंलाई आवश्यक भनेर बहालवालालाई निकालेमा ३ महिनासम्म अर्कोलाई बहालमा दिन नपाउने व्यवस्था गरिएको छ। फेरि बहालमा लगाउँदा पनि पहिलेकैले लिन चाहेमा प्राथमिकता पाउने भनिएको छ।
‘आफैंलाई आवश्यक रहेको भन्दै बहालवालाई हटाएकोमा त्यस्तो घर ३ महिनासम्म आफूले प्रयोग नगरी अन्य व्यक्तिलाई बहालमा दिने पाउनेछैन। बहालमा दिने भएमा पहिले बहालमा रहेको व्यक्तिले लिन चाहेमा प्राथमिकता पाउनेछ,’ ऐनमा भनिएको छ।
ऐन अनुसार घरधनी आफैंलाई आवश्यक परेको खण्डमा पनि कम्तीमा ३५ दिनअघि नै बहालवालालाई लिखित जानकारी गराउनुपर्नेछ।
बहालमा लिएको व्यक्तिले उक्त घरभित्र कानुनले निषेध गरेको कसुरजन्य क्रियाकलाप गरेमा, घरबाट मानिस हटाएरै गर्नुपर्ने मर्मत सम्भार गर्नुपरेमा, प्राविधिक तथा स्वास्थ्य दृष्टिले उक्त ठाउँ मानिसका लागि बसोबास योग्य नदेखिएमा, घरबहालको सम्झौता अवधि समाप्त भएमा र सम्झौताविपरीत केही काम गरेको प्रमाणित भएमा बहाल लिने व्यक्तिलाई हटाउन सक्ने पनि उल्लेख छ।
बहालवालाको दायित्व के?
घरधनी र बहालवाला दुवैका केही दायित्वसमेत ऐनमा तोकिएको छ। घरधनीलले बहालमा बसेको व्यक्तिलाई सम्झौता अनुसार घर उपयोग गर्न दिनुपर्ने, सम्झौतामा अन्यथा उल्लेख भएको अवस्थामा बाहेक पानी, बिजुली, ढल निकास तथा सरसफाईको व्यवस्था घरधनीको दायित्वमा पर्नेछ। बहालमा बस्ने व्यक्तिलाई त्यस्तो घरमा बस्ने अन्य व्यक्तिबाट असुरक्षा, हैरानी वा अशान्ति हुनबाट घरधनीले नै रोक्नुपर्नेछ।
निर्धारित समयमा घरधनीलाई बहालको रकम भुक्तानी गर्नुपर्नेछ। बहालमा लिएको घर आफ्नो घरसरह मानेर सरसफाई, हेरचाह र सुरक्षा गर्नुपर्नेछ। आफू बहालमा रहेको घरका अन्य छिमेकीलाई आशान्ति र असुरक्षा हुन जस्ता कुनै काम गर्न नहुने दायित्व बहालवालाको हुनेछ।
बहालमा दिएको घर वा कोठाको कानुनबमोजिम लाग्ने कर लगायत अन्य दस्तुर बुझाउनुपर्ने दायित्व घरधनीको हुने ऐनमा उल्लेख छ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना













विदुरले घरभाडाबापत १० हजार रुपैयाँ उपलब्ध गराउने
विनाशकारी बाढीले त्रिभुवन त्रिशुली मावि पूर्ण रूपमा क्षतिग्रस्त: डिहीबजारमा अस्थायी रूपमा सञ्चालन गरिने
नुवाकाेटमा हैजाविरुद्धकाे खाेप
भत्किएका बाटा र बगेका पुलबीच यादमा सल्बलाएका ‘आफ्ना मानिसहरू’
किस्पाङ बाढीपीडितलाई राहत : मृतक परिवारलाई ३० हजार, घरबारविहीनलाई मासिक ४ हजार





प्रतिक्रिया