नवलपरासीको बाढीमा परेर ६ को मृत्यु
नुवाकोट । अविरल वर्षाका कारण नवलपरासीको पूर्व र पश्चिम दुवै जिल्लाको जनजीवन प्रभावित बनेको छ ।
अविरल वर्र्षासँगै आएको बाढीपहिरोमा परी नवलपरासी पूर्वमा ३ र पश्चिममा ३ गरी ६ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।
भारी वर्र्षात्सँगै घर माथिबाट आएको पहिरोमा परी बेपत्ता भएका नवलपरासी पूर्वहुप्सेकोट–४ माथिल्लो चारघरेका ३ जनाको शव शनिबार अपराह्न सुरक्षाकर्मीले पुरिएको अवस्थामा फेला पारेको प्रहरीले जनाएको छ ।
जिप्रका नवलपरासी पूर्वका सूचना अधिकारी मधुसूदन सिंहका अनुसार पहिरोमा परी मृत्यु हुनेमा ४० वर्षीया धनमाया पुलामी, नातिनीहरु ६ र ७ वर्षका देउमाया भूमिसरा रहेका छन् । उनीहरुको शव घटनाको करिब ३६ घण्टापछि पुरिएको अवस्थामा घटनास्थलमै भेटिएको थियो ।
प्रहरी र स्थानीयबासीले शुक्रबार दिनभर बेपत्ताको खोजी गरे पनि उनीहरुलाई फेला पार्न सकिएको थिएन । शनिबार करिब ५० सुरक्षाकर्मी परिचालन गरी खोजतलास गर्दा पुरिएको अवस्थामा ३ जनाको शव फेला परेको हो ।
सोही पहिरोमा परेका घरमुली हस्तबहादुर पुलामीलाई भने घटनालगत्तै स्थानीयले घाइते अवस्थामा उद्धार गरेका थिए ।
पहिरोले खोला थुनियो
अविरल वर्षा सँगै आएको बाढी–पहिरोले हुप्सेकोटकै गिरुबारी र पत्थरका सहायक खोला थुनिएको गाउंँपालिकाले जनाएको छ ।
खोला थुनिएको जानकारी आएपछि हुप्सेकोट गाउँपालिकाले शनिबार बिहान सूचना जारी गर्दै खोलाको तल्लो तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन भनेको थियो ।
पहिरोमा मानिस बेपत्ता भएको र खोला थुनिएको सूचना पाएसँगै गंण्डकी प्रदेश सांसद विष्णु लामिछाने, गाउँपालिका अध्यक्ष लक्ष्मीदेवी पाण्डे, पालिका प्रशासकीय अधिकृतसहित थप सुरक्षाकर्मीको टोली घटनास्थलतर्फ लागेको थियो ।
सांसद लामिछानेले घटनास्थल पुगेर स्थानीय रातेखोलामा गएको पहिरोले थुनिएको पानीको बहावको निरीक्षण गर्दै रातेखोलामा बनेको तालबाट क्रमशः पानी बग्न थालेको बताउनुभयो ।
लामिछानेले लगातारको वर्षाले जिल्लाको पहाडीलगायत समग्र तराई क्षेत्रमा स्थानीय गाउँघर, नहर कुलो तथा पुलपुलेसा र धानबाली तथा राजमार्ग क्षेत्रमा ठूलो क्षति पुगेको जानकारी दिनुभयो । उहाँले अविरल वर्र्षासँगै आएको पहिरोमा परी एकाघरका ३ जनाको पुरिएर ज्यान गएको घटनाले आफू स्तब्ध भएको बताउनुभयो ।
बाढीले डाइभर्सन बगाउँदा राजमार्ग अवरुद्ध
अविरल वर्षासँगै पूर्वी नवलपरासीका स्थानीय खोला तथा खहरेहरुमा बाढी आउँदा पूर्व–पश्चिमको यातायात अवरुद्ध बनेको छ । बाढीले बिहीबार राति गैंडाकोटको पितौजीस्थित तेइस स्मृति पुलको डाइभर्सन बगाउँदा महेन्द्र राजमार्ग लामो समय अवरुद्ध बनेको हो ।
सडक, प्रहरी, र प्रशानको समन्वयमा निरन्तर खटिएर डाइभर्सन निर्माण गरिए पनि हिलोका कारण यातायात सञ्चालनमा कठिनाइ उत्पन्न भइरहेको बताइएको छ ।
सडक अवरुद्ध बनेको करिब २८ घण्टापछि एकतर्फीरूपमा सडक सञ्चालनमा आएको छ । सडकमा साना सवारी चले पनि ठूला सवारीलाई भने फस्ने समस्या उत्तपन्न भएको छ ।
नारायणगढदेखि करिब १२ किमि पश्चिम जंगल क्षेत्रमा सडक अवरुद्ध हुँदा पूर्व–पश्चिमको लामो यात्राका सवारी र यात्रुले कठिनाइ भोग्नुपरेको यात्रुहरुले बताए ।
सोही राजमार्गको दाउन्ने सडक खण्ड भने शुक्रबार रातिदेखि नै एकतर्फी सञ्चालनमा आएको जिप्रका नवलपरासी पूर्वले जनाएको छ ।
सदरमुकाम डुवानमा
नवलपरासी पश्चिममा पनि बिहीबार मध्यरातमा आएको बाढी घरमा पसेपछि ज्यान जोगाउन निस्केका ३ जनाको मृत्यु भएको छ । बाढीबाट जोगिन घरबाट निस्केका रामग्राम–१६ पम्फापुरका ३८ वर्षीय विनोद पासी र उनका १३ वर्षीय छोरा प्रदीप पासीको पानीको भेलले बगाउँदा ज्यान गएको थियो ।
त्यस्तै, बाढीमै परेर सुनवल–४ कि १३ वर्षीया एलिसा तामाङ बेपत्ता भएकी थिइन् । खोजी गर्ने क्रममा घरदेखि ५ किमि तल सुनवल–१० स्थित तुरिया खोलाको झाडीमा शनिबार अपराह्न उनको शव फेला परेको पश्चिम नवलपरासी प्रहरी प्रवक्ता प्रनाउ राजु लामाले बताउनुभयो ।
लामाका अनुसार अविरल वर्र्षासँगै जिल्लाका विभिन्न गाउँबस्ती डुवानमा परेको र सदरमुकाम परासीका करिब ९० प्रतिशत घरहरुमा बाढी पसेको बताउनुभयो ।
लामाले वर्र्षात्सँगै आएको बाढी सदरमुकाम परासी बजारमा पस्दा जिप्रका पश्चिम नवलपरासीमा ६ तथा यहाँ रहेको आर्मी ब्यारेकमा १२ फिट पानी जमेको थियो ।
बाढीका कारण नारायणी नदीको बाँध क्षेत्र गण्डक ब्यारेजमा शुक्रबार पानीको लेवल ४ लाख ५० हजार क्युसेक पुगेको भए पनि शनिबार घटेर ४ लाखमुनि रहेको स्थानीय प्रेमचन्द्र रौनियारले बताउनुभयो ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना














धादिङको तरकारी कतारमा पुग्न थाल्याे
चार प्रदेशका पहाडी क्षेत्रमा भारी वर्षाको सम्भावना
बेलकोटगढीमा ‘सातौँ देउराली कप’ फुटबल प्रतियोगिता हुने
विदुर नगरपालिकाद्वारा त्रिशूली अस्पताललाई १०० थान ‘न्यानो झोला’ हस्तान्तरण
बागमतीका मुख्यमन्त्री थापाले आज विश्वासको मत लिँदै





प्रतिक्रिया