एमाले फुट्यो, माओवादी कमजोर छ, कांग्रेसको विकल्प छैन : महामन्त्री कोइराला
नुवाकोट । नेपाली कांग्रेसका महामन्त्री शशांक कोइरालाले गुटबन्दीले कांग्रेसलाई कमजोर बनाएको बताएका छन् ।
‘गुटबन्दीलाई समाप्त पार्ने वितिकै नेपाली कांग्रेस शक्तिशाली छ । झन् अहिले एमाले फुटेको छ, माओवादी कमजोर भएको छ । अरु दल नै छैनन्,’ कांग्रेस दाङले आयोजना गरेको कार्यक्रममा उनले भने ‘त्यसलै नेपाली कांग्रेस एकजुट भएर आयो भने कांग्रेसको विकल्प नै हुँदैन ।’
उनले कार्यकर्ताहरुलाई शुद्ध राजनीतिक गर्नसमेत अनुरोध गरे । ‘राजनीति जनताको सेवाको लागि गर्ने हो,’ कार्यकर्ताहरुलाई अनुरोध गर्दै भने, ‘आफनो लागि गर्ने भए व्यापार व्यवसाय गर्नुस् ।’
कोइरालाले पार्टीको जिल्ला अधिवेशन सफलतका साथ सम्पन्न गर्न निर्देशनसमेत दिए ।
सहमहान्त्री प्रकाशसरण महतले पनि कांग्रेसले पछिल्लो समयमा सार्वजनिक गरेको निर्वाचन तालिकाअनुसार नै महाधिवेशन सम्पन्न हुने बताए ।
नेपाली कांग्रेसका केन्द्रिय आमन्त्रित सदस्य कृष्णकिशोर घिमिरेको आमाको स्वर्गारोहण भएको ९औ दिनको अवसरमा श्रद्धाञ्जली अर्पण गर्न महान्त्री कोइराला र सहमहान्त्री महत दाङ आएका थिए ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना













पूर्वअर्थमन्त्री महत सहित ५५ जना विरुद्ध मुद्दा दायर
रसुवागढी जलविद्युत मर्मतपछि आंशिक सञ्चालनमा
मगर संघ नुवाकोटको नयाँ कार्यसमिति चयन
धादिङको धुनिबेँसी सवारी दुर्घटना हुँदा ३५ जना घाइते
दुप्चेश्वरमा लाखौं भक्तजन पुगे





प्रतिक्रिया