माओवादीसँग तत्काल पार्टी एकता हुँदैन : माधव नेपाल
विदुर खबर
२०७८ भदौ १२ गते २१:३७
नुवाकोट । नेकपा एकीकृत समाजवादीले तत्काल नेकपा माओवादी केन्द्रसँग एकता नगर्ने भएको छ ।
नेकपा एमालेबाट अलग भएका आफ्नो नेतृत्वमा नयाँ पार्टी बनाएका अध्यक्ष माधवकुमार नेपालले पार्टीको आधार बनाउने पहिलो प्राथमिकता भएको बताए ।
शनिबार ललितपुरमा आयोजित कार्यक्रममा एकीकृत समाजवादीका अध्यक्ष नेपालले वाम लोकतान्त्रिक शक्तिहरुसँग सहकार्य गर्दै अगाडि बढ्ने बताए ।
उनले भने, ‘अरु कुनै पार्टीसँग तत्काल एकता गर्ने छैन । यो पार्टी माओवादीमा गएर मिल्छ कि भन्ने भ्रम नराखे हुन्छ । अहिले यो पार्टीको आधार बलियो बनाउने छौं ।’
देशव्यापी संगठन बनाएर कार्यकर्तामा नयाँ उर्जा ल्याउने, वुथसम्म कमिटी बनाउने र एक कार्यकालपछि अध्यक्ष पदमा नबस्ने समेत उनले बताएका छन् ।
Advertisement
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना












अब दुई दिन सरकारी बिदा
नुवाकोटमा स्कुटर र्दुघटना हुँदा एक जनाको मृत्यु
रेग्मीको ‘अक्षरमा अनुभूति’ मुक्तक संग्रह लोकार्पण
कलाकार सागर लम्साल (बले) पक्राउ
आज धेरै ठाउँमा हावाहुरीको सम्भावना





प्रतिक्रिया