देशैभर १८ भदौमा वडा अधिवेशन गर्ने र रिले अनशन तोडाउने सहमति
नुवाकोट । सत्तारुढ नेपाली कांग्रेसमा सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेलबिच महाधिवेशनबारे सहमति जुटेको छ ।
सहमतिअनुसार १८ भदौमा देशैभर कांग्रेसको वडा अधिवेशन हुने भएको छ ।
सभापति देउवा र वरिष्ठ नेता पौडेलबिच छलफल भएपछि क्रियाशील सदस्यका विवाद समाधान गर्दै नामावली सार्वजनिक गर्ने, जिल्ला सभापति र युवा नेताहरू राखेका माग सम्बोधन गर्दै रिले अनसन तोडाउने र महाधिवेशनको वातावरण तयार गर्ने समझदारी बनेको नेता प्रकाशमान सिंहले जानकारी दिए ।
सभापति देउवासँगको सहमतिपछि पौडेल पक्षले आज आफूनिकट नेता तथा जिल्ला सभापतिसँग पूर्वमहामन्त्री सिंहको निवास चाक्सिबारीमा छलफल गरेको थियो । देशभरका ६ हजार ७४३ वडामै एकैदिन अधिवेशन गर्ने समझदारी भएको नेता सिंहले बैठकपछि जानकारी दिए ।
उनकाअनुसार जिल्ला सभापतिहरुले राखेका माग पनि सुनुवाइ गर्ने समझदारी बनेको छ । जिल्ला सभापतिहरुले निर्वाचन निर्देशिका संशोधन र क्रियाशीलको नाम सार्वजनिक गर्न माग गरेका थिए । ४८ जिल्लाका क्रियाशीलको नाम सार्वजनिक भएको र अरु जिल्लाको एक/दुई दिनभित्र सार्वजनिक गरिसक्ने तयारी छ ।
एकमात्र निर्वाचन क्षेत्र रहेका ३५ जिल्लामा पनि विधानअनुसार नै हुनेगरि जिल्ला सभापतिको उम्मेदवार बन्न पाइने छ । क्षेत्रीय प्रतिनिधि पनि महाधिवेशन प्रतिनिधि र महासमिति सदस्य उठ्न पाउने विषयमासमेत सहमति जुटेको सिंहले बताए ।
साथै नेता सिंहले अब पार्टीभित्र नयाँ उत्साहका साथ अधिवेशन केन्द्रीत हुने वातावरण बनेका भन्दै सबैलाई महाधिवेशनमा लाग्न आग्रह गरे ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना












महतको स्वास्थ्य जाँच गराउन अदालतको आदेश
देशभरका सीडीओलाई गृहको पत्र– अतिक्रमित संरचना हटाउन सुरक्षा प्रबन्ध मिलाउनू
स्लोभाकिया पठाइदिन्छु भन्दै ठगी गर्ने एक जना पक्राउ
देशभर बादल, धेरै ठाउँमा वर्षा र हिमपातको सम्भावना
रसुवागढी भन्सारले ९ महिनामा ६ अर्ब ४२ करोड राजस्व सङ्कलन गर्याे





प्रतिक्रिया