धुमुर्स सुन्तलीको ‘म त मर्छु कि क्या हो’ रिलिज
नुवाकोट । अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको निर्माणमा जुटेको धुमुर्स सुन्तली अर्थात् सीताराम कट्टेल र कुञ्जना घिमिरेले आफ्नो निर्माण निर्देशनमा नयाँ चलचित्र ‘म त मर्छु कि क्या हो’ निर्माण गरे ।
यो चलचित्रलाई यतिबेला यी दम्पतीले डिजिटल प्लेटफर्मबाट रिलिज गरेका छन् । लगातार पाँच महिनादेखि सिनेमा हल बन्द भएको र अब कहिले खुल्ने भन्ने टुंगो नभएका कारण आफूहरूले यो चलचित्रलाई डिजिटल प्लेटफर्मबाट रिलिज गरेको कुञ्जना घिमिरेले बताइन् ।
‘हामीले यो नयाँ चलचित्रलाई यो हो मुभिज एप्सबाट रिलिज गरेका छौं । हाम्रो चलचित्र म त मर्छु कि क्या हो हेर्नका लागि सुरुमा यो हो मुभीको एप्स डाउनलोड गर्नुपर्छ ।’ कुञ्जनाले भनिन्, ‘त्यसपछि सो एप्समा चलचित्र म त मर्छु कि क्या हो क्लिक गरेर ३ सय २० रुपैयाँ तिरेपछि हाम्रो चलचित्र एक सो मज्जाले हेर्न पाइन्छ ।’
अहिलेको अवस्थामा सिनेमा हल बन्द रहेको र कोरोना संक्रमणका कारण अझै पनि बाहिर हिँड्डुल गर्न गाह्रो भएको बेला घरमै बसेर दर्शकलाई चलचित्र हेर्न सजिलो होस् भनेर यो एप्समार्फत रिलिज गरेको पनि कुञ्जनाले बताइन् ।
नेपाली चलचित्र शुक्रबार नै रिलिज गरिने प्रचलनलाई निरन्तरता दिँदै आफूहरूले यो चलचित्रलाई शुक्रबार रिलिज गरेको धुर्मुस अर्थात् सीताराम कट्टेलले भने, ‘कोरोना महामारीको बीच रंगशालाको काम रोकिएको मौकामा हामीले यो चलचित्रको छायांकनसँगै निर्माण गरेका हौं ।
सिनेमा हल नखुल्दा पनि दर्शकले नेपाली चलचित्र घरमै बसेर हेर्न पाउन भनेर हामीले यसलाई डिजिटल प्लेटफर्मबाट रिलिज गरेका हौं ।’ आफूहरूले आर्थिक रूपमा मुनाफाभन्दा पनि दर्शकलाई अहिलेको अवस्थामा मनोरञ्जन र सन्देश दिनका लागि यो चलचित्र निर्माण गरेर रिलिज गरेको पनि उनले प्रकाश पारे ।
यो चलचित्रलाई सीताराम कट्टेल र कुञ्जना घिमिरेले निर्देशन, निर्माण गरेका हुन् । यसमा यी जोडीको मुख्य भूमिका रहेको छ । मेरी बास्सै टेली चलचित्रबाट एक समय निकै लोकप्रिय भएका यी जोडीले सोही सिरियलको धुर्मुस सुन्तली भूमिका यो चलचित्रमा निर्माण गरेका छन् ।
यतिबेला ओहो मुभिज एपबाट रिलिज भएको भएको यो चलचित्रमा धुमुर्स सुन्तलीसँगै रवि गिरी, वुद्धि तामाङ, विजय बराल, पल्पसा डंगोल, सुमन कार्की, सुमन कोइरालालगायतको मुख्य भूमिका रहेको छ ।
यो चलचित्रलाई तराईका विभिन्न स्थानमा छायांकन गरिएको हो । चलचित्रलाई सुदीप बरालले छायांकन गरेका हुन् । मिलन श्रेष्ठको सम्पादन रहेको यो चलचित्रको पटकथा संवाद पनि धुर्मुस सुन्तली स्वयंले तयार पारेका हुन् ।
डिजिटल प्लेटफर्मबाट रिलिज भएको यो नै पहिलो चलचित्र हैन । गत साता लभ सर्कल चलचित्र पनि डिजिटल प्लेटफर्मबाट रिलिज भएका थियो । यस अघि ‘कोपिला र हिरो रिर्टन्स’जस्ता चलचित्र पनि डिजिटल प्लेटफर्मबाट रिलिज भएका थिए ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना












संसदीय दलको नेता चयन गर्न मापदण्ड बनाउनुपर्छ : केसी
तारकेश्वरका स्वास्थ्य र शिक्षण संस्था आइतबार बन्द नहुने
नुवाकोट सुनचाँदी व्यवसायी संघको अध्यक्षमा पुन: बज्राचार्य
नुवाकोट क्रिकेट संघको छैठौँ वार्षिक साधारणसभा सम्पन्न





प्रतिक्रिया