प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले आज राजीनामा दिँदै
नुवाकोट । प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले आज बिहीबार राजीनामा दिने भएका छन् ।
नेकपा एमाले संसदीय दलको बैठक बिहीबार बिहान ११ बजे बोलाइएको छ । सोही बैठकबाट मुख्यमन्त्री राइले पदबाट राजीनामा दिएर भीम आचार्यलाई दलको नेता चयन गर्न बाटो खोल्न लागेका हुन् ।
बैठकमा अनिवार्य उपस्थित हुन भन्दै माधव नेपाल नेतृत्वको एकीकृत समाजवादी पार्टीमा गएका भनिएका सांसदलाई समेत बोलाइएको छ । आज नै आचार्यले मुख्यमन्त्रीको सपथ लिने तयारी भइरहेको एमाले स्रोतले जनाएको छ ।
९३ सदस्यीय प्रदेश १ को प्रदेशसभामा एमालेसँग ५१ सांसद रहेका थिए । सभामुखसमेत एमालेकै रहेको र एक सांसद अदालतले दोषी ठहर गरेपछि फरार छन् । एमालेलाई प्रदेशसभामा बहुमतका लागि ४७ सांसदको समर्थन आवश्यक पर्छ ।
एकीकृत समाजवादीमा एमालेको केन्द्रीय सदस्यसमेत रहेका प्रदेश सांसद राजेन्द्रकुमार राई र राजन राईले निर्वाचन आयोगमा सनाखतमै हस्ताक्षर गरिसकेका छन् ।
प्रदेश १ मा एमालेबाट नेपाल नेतृत्वको समाजवादीमा जाने सांसदको संख्या ९ जना रहेको उनीहरूको दाबी छ । अहिले त्यो संख्या घटिसकेको एमाले स्रोतको दाबी छ । यसअघि नेपाल समूहमा रहेका आचार्यले एक पटक सहयोग गर्न भन्दै सांसदलाई फोन गरिसकेका छन् ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना











देशभर मनसुनी प्रभाव, केही स्थानमा भारी वर्षाको सम्भावना
विदुर १२ भट्टगाउँमा रोपाईं गरिरहेका बेला पहिरोले खेत बगायो
करेन्ट लागेर नुवाकोटमा एक जनाको मृत्यु
आज केही ठाउँमा भारी वर्षाको सम्भावना
नुवाकोटको ककनीमा एक महिला मृत फेला





प्रतिक्रिया