माधव नेपाल यही प्रतिनिधि सभाबाट चुनावी सरकारको प्रधानमन्त्री
नुवाकोट । नेकपा एमाले फुटाउने साहस माधवकुमार नेपालले किन गरे ? ५ दशक बिताइसकेको र आफैले लामो समय नेतृत्व गरेको दल नै फुटाउन उनी तयार हुनुमा केपी शर्मा ओलीको पेलाई मात्र कारण नभएको बुझिएको छ ।
उनले २०७९ सालमा सरकारकै नेतृत्व पाउने गरी भित्री सहमति भएको विश्वस्त स्रोतले बताएको छ । यसले उनलाई पार्टी विभाजनको जोखिम मोल्न हौसाएको बुझिएको छ ।
नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बन्न बारम्बार आग्रह गरेर मनाएका नेता नेपालले भद्र राजनीतिक सहमति समेत गरेको बुझिएको छ । जस अनुसार आउँदो आमनिर्वाचन गराउँदा सरकारको नेतृत्व उनले गर्ने विषय छ । यसमा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड पनि साक्षी रहेको स्रोतले बतायो ।
२०७९ सालको सुरुमा हुने स्थानीय तहको चुनाव देउवा सरकारले गराउने र त्यसपछि उनले राजीनामा दिएर माधवकुमार नेपाललाई समर्थन गरेर प्रधानमन्त्री बनाउने सहमति विगतमा नै भएको छ । यसकारण आफूलाई नेपाली काँग्रेस र नेकपा माओवादी केन्द्रले साथ दिएमा भविष्यमा बहुमत पुग्ने गरी २९ सांसदसहित माधव नेपाल ढुक्कले बसेका छन् ।
हाल प्रतिनिधि सभामा रहेका २६७ सांसद रहेकोमा बहुमतका लागि १३४ सांसद आवश्यक पर्छ । काँग्रेसका ६१, माओवादी केन्द्रका ४९ गरी ११० पुग्छ । माधव नेपालको साथमा २९ प्रतिनिधि सभाका सांसद रहेकाले बहुमत पुग्छ । त्यतिबेला उपेन्द्र यादवले साथ नदिएपनि केही फरक पर्दैन ।
स्थानीय चुनावमा अनौपचारिक तालमेल गर्ने सहमति समेत देउवा र प्रचण्डसँग माधव नेपालले गरिसकेका छन् । प्रचण्डसँग औपचारिक तालमेलको कुरा पनि छ । आगामी आमनिर्वाचनमा प्रधानमन्त्री बन्ने र प्रचण्डलगायतका शक्तिसँग तालमेल गरेर चुनावमा नतिजा राम्रो ल्याउने गरी माधव नेपालले रणनीति बनाएको बुझिएको छ ।
देउवा र प्रचण्डसँगको सहमतिका कारण पनि माधव नेपाल फुटको जोखिम मोल्न तयार भए । आफूनिकटस्थ हस्तीहरु भीम रावल, सुरेन्द्र पाण्डेलगायतले साथ छाड्दा पनि माधव नेपाल कठोर निर्णयका लागि बढ्नुमा यीनै सहमति कारण भएको बुझिएको छ ।
काँग्रेस महाधिवेशनमा इतर समूहको एकताबाट अप्ठ्यारोमा परेकाले देउवा पनि भद्र सहमतिका लागि तयार भएको बुझिएको छ । रामचन्द्र पौडेल समूहले पनि प्रधानमन्त्री बन्न दबाब दिएको र पदमा पुगेर महाधिवेशन गर्दा सहज हुने भएकाले पनि देउवा अगाडि बढेको बुझिएको छ ।
अब भद्र सहमति अनुसार राजनीतिक अगाडि बढेमा अर्को वर्षको असारसम्ममा माधव नेपाललाई प्रधानमन्त्रीको कुर्सी मिल्न सक्छ । उनैले चुनावको घोषणा गरेर बढ्न सक्छन् ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना












महतको स्वास्थ्य जाँच गराउन अदालतको आदेश
देशभरका सीडीओलाई गृहको पत्र– अतिक्रमित संरचना हटाउन सुरक्षा प्रबन्ध मिलाउनू
स्लोभाकिया पठाइदिन्छु भन्दै ठगी गर्ने एक जना पक्राउ
देशभर बादल, धेरै ठाउँमा वर्षा र हिमपातको सम्भावना
रसुवागढी भन्सारले ९ महिनामा ६ अर्ब ४२ करोड राजस्व सङ्कलन गर्याे





प्रतिक्रिया