एकीकृत समाजवादी र लोकतान्त्रिक समाजवादी पार्टीलाई नयाँ दलको मान्यता
विदुर खबर
२०७८ भदौ ९ गते २१:१३
नुवाकोट । निर्वाचन आयोगले माधवकुमार नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) र महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टीलाई नयाँ दलको मान्यता दिएको छ ।
आयोगले नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादीलाई १६६ नम्बरमा र ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टीलाई १६७ नम्बरमा दर्ता गरेको छ ।
बुधबार नेकपा (एमाले)बाट विभाजन भएर नेकपा (एकीकृत समाजवादी) र जनता समाजवादी पार्टी विभाजन भएर लोकतान्त्रिक समाजवादी पार्टी गठनका लागि निर्वाचन आयोगमा सनाखत भएको थियो । उक्त सनाखत अध्ययनपछि आयोगले नयाँ दलका रुपमा दर्ता गर्ने निर्णय गरेको हो ।
आयोगले दुवै दललाई आजै प्रमाणपत्र दिएको छ । सरकारले जारी गरेको राजनीतिक दल सम्बन्धी अध्यादेशको सुविधा प्रयोग गरेर माधव नेपाल र महन्थ ठाकुरले नयाँ दल गठन गरेका हुन् ।
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना














धादिङको तरकारी कतारमा पुग्न थाल्याे
चार प्रदेशका पहाडी क्षेत्रमा भारी वर्षाको सम्भावना
बेलकोटगढीमा ‘सातौँ देउराली कप’ फुटबल प्रतियोगिता हुने
विदुर नगरपालिकाद्वारा त्रिशूली अस्पताललाई १०० थान ‘न्यानो झोला’ हस्तान्तरण
बागमतीका मुख्यमन्त्री थापाले आज विश्वासको मत लिँदै





प्रतिक्रिया