मलेसियन प्रिमियर लिगमा सागर पुन बने सर्वाधिक रन जोड्ने खेलाडी

काठमाडौं– मलेसियन प्रिमियर लिग (एमपिएल) एकदिवसीय क्रिकेट प्रतियोगितामा नेपालका अलराउन्डर सागर पुनले उत्कृष्ट ब्याटिङ गरेका छन्।
आइतबार सकिएको लिगको फाइनलमा नेपालका सागर र आसिफ शेख आबद्ध क्वालालम्पुरले युनिभर्सिटी केबाङसान मलेसियालाई ७ विकेटले हराएर उपाधि जित्यो।
फाइनलमा नेपालका सागरले १० र आसिफले नटआउट ३३ रन जोडे।
प्रतियोगितामा पाँच टिमले भाग लिएका थिए। डबल लिगको आधारमा भएको प्रतियोगितामा सागर र आसिफ आवद्ध क्वालालम्पुरले समूह चरणमा ८ मध्ये ७ खेलमा जित निकालेको थियो।
क्वालालम्पुरका लागि सागर पुनले उत्कृष्ट ब्याटिङ गरे। प्रतियोगितामा सर्वाधिक रन बटुल्ने खेलाडी बन्ने क्रममा सागरले १० खेलमा ४ सय ५२ रन बटुले। त्यसक्रममा सागरले २ वटा शतक प्रहार गर्नुका साथै १ अर्धशतक प्रहार गरे। उनी लिगमा २ शतक प्रहार गर्ने एक्ला खेलाडी बने। सागरले १० खेलमा ५३ चौका र ८ छक्का प्रहार गरे। उनी सर्वाधिक चौका प्रहार गर्ने खेलाडीको पहिलो स्थानमा हरे। सर्वाधिक छक्का प्रहार गर्ने खेलाडीमा उनी अनवर अरुदिनसँगै पहिलो स्थानमा रहन सफल भए।

सागर प्रतियोगिताको एकै इनिङमा बढी रन बनाउने खेलाडी पनि बने। उनले सेलाङगोरबिरुद्ध सयन रन प्रहार गरेका थिए। बढी औसत भएको ब्याट्सम्यानमा पनि सागर दोस्रो स्थानमा रहे। उनले ५०.२२ को औसतमा ब्याटिङ गरे।
सागरले ८ खेलमा बलिङ गरेका थिए। त्यसक्रममा उनले ९ विकेट लिन सफल भए। उनले एक खेलमा ४ विकेट लिँदा २९ रन खर्चिए।
यता आसिफ शेख बढी रन प्रहार गर्ने खेलाडीको सूचीमा सातौं स्थानमा रहे। उनले १० खेलमा २ सय १९ रन जोडे। उनको उच्च स्कोर भने ४४ रन रह्यो। उनले क्वालालम्पुरका लागि विकेटकिपिङको पनि गरेका थिए।
पछिल्लो २ वर्ष नेपाली राष्ट्रिय टिममा नरहेका सागर एसिया कप छनोटको प्रारम्भिक टिममा अटाएका छन्। मलेसियामा उत्कृष्ट खेलेका सागर १९ सदस्यीय प्रारम्भिक टिममा परेका हुन्।

- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना












धादिङमा माइक्रोबस दुर्घटना हुँदा ११ जना घाइते
सहकारी चोरीमा संलग्न नुवाकोटका गजुरेल १० लाखसहित पक्राउ
संगम एकल नृत्य प्रतियोगिताको उपाधि त्रिशुलीकी मलेकुलाई
नेपाली काँग्रेस नुवाकोटबाट राष्ट्रियसभा र प्रतिनिधिसभाको उम्मेदवार सिफारिस
ओली र लेखकको बयानका लागि उपाय खोजिँदै





प्रतिक्रिया