ज्योति लाइफका एजेन्सी मेनेजरहरु सम्मानित
नुवाकोट । ज्योति लाइफ इन्स्योरेन्स कम्पनी धादिङ शाखाले आफ्ना उत्कृष्ट एजेन्सी मेनेजरहरुलाई सम्मान गरेको छ ।
कम्पनीले एक आर्थिक वर्षमा एक करोड भन्दा बढीको विजनेश राख्ने करोडपति व्यवसायी, ५० लाख भन्दा धेरै राख्ने सिनियर एजेन्सी मेनेजर र ७ लाख भन्दा धेरै विजनेश राख्ने एजेन्सी मेनेजरसहित ३८ जनालाई सम्मान गरेको हो ।
सम्मानसँग ज्योति लाइफले आफ्ना एजेन्सीहरुलाई पुनर्ताजकी तालिम दिएको छ । कम्पनीका सेल्स हेड फर्सुराम मरासिनी, प्रदेश प्रमुख सपुतचन्द्र खनाल र क्षेत्रिय प्रबन्धक जयराज ढुंगानाले तालिमको सहजीकरण गरेका थिए ।
२०७६ सालदेखि व्यावसायिक कारोबार सञ्चालन गर्दै आएको छ । आर्थिक वर्ष २०७७÷०७८ मा मात्रै ३ करोड भन्दा धेरै व्यवसाय संकलन गरेको क्षेत्रिय प्रबन्धक ढुंगानाले बताए । धादिङ शाखा गत २ वर्षदेखि देशकै उत्कृष्ट शाखा बन्दै आएको छ । धादिङमा २०७६ सालमा उपशाखाबाट कारोबार सुरु गरेको कम्पनीले अहिले क्षेत्रिय कार्यालय संचालन गर्दै आएको छ ।
उत्कृष्ट बोनसदरका साथ ज्योति फाइफले नेपालकै प्रथम पटक ३५ ओटा घातक रोग बिरूद ५० लाखसम्मको औषधि उपचार सहितको जीवन बिमा योजनाहरू उपलब्ध गराउदै आएको एजेन्सी मेनेजर गंगा सिलवालले जानकारी दिइन् ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना












काठमाडौंका मसाज सेन्टरमा प्रहरीको छापा, २५८ जना नियन्त्रणमा
रसुवामा ४३६ थान भेप सहित एक युवक पक्राउ
नुवाकोटको तारकेश्वरमा आइतबारको बिदा खारेज, कार्यालय समय पुनः १०–५ कायम
रास्वपाकाे रसुवा जिल्ला समिति विघटन
विदेश पठाइदिने नाममा करोडौं ठगी, सात जना पक्राउ





प्रतिक्रिया