कोरोना संक्रमणबाट कलाकार तथा निर्माता शम्भुराज थापाको निधन
नुवाकोट । कलाकार तथा फिल्म निर्माता शम्भुराज थापाको निधन भएको छ ।
उनको कोरोना संक्रमणका कारण शनिवार विहान ४ः४० बजे उपचारको क्रममा ललितपुरस्थित पाटन अस्पतालमा निधन भएको कलाकार हरिवंश आचार्यले जानकारी दिए । तीन हप्ताअघि कोरोना संक्रमण पुष्टि भएपछि उनी अस्पताल भर्ना भएका थिए । ५५ वर्षीय थापा तीन दशकदेखि अभिनयमा सक्रिय थिए ।
२०४८ सालमा निर्माण भएको फिल्म ‘पुकार’ बाट अभिनय करिअर सुरु गरेका उनले त्यसयता दुई दर्जनभन्दा बढी फिल्ममा अभिनय गरे ।
राजेश हमाल, श्रीकृष्ण श्रेष्ठ, गौरी मल्लको मुख्य भूमिका रहेको फिल्म ‘आफ्नो बिरानो’ लाई उनी स्वयंले निर्माण समेत गरेका थिए । यसमा उनको पनि अभिनय थियो । हास्य पात्रको भूमिकामा दर्शकले उनलाई निकै रुचाउने गरेका थिए ।
मह संचारको ‘आमा’, ‘मदनबहादुर हरिबहादुर’ लगायतका टेलिसिरियलसँगै पछिल्लो समय ‘मेरी बास्सै’, ‘भद्रगोल’, ‘गोलमाल’ ‘हल्का रमाइलो’ लगायतका टेलिसियिरयलमा अभिनय गर्दै आएका उनी ‘हल्का रमाइलो’ मा काम गरेपछि ‘बखते’ चरित्रबाट दर्शकमाझ चर्चित थिए ।
थापाको श्रीमती, एक छोरी र एक छोरा छन् ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना














विदुरका ७ वडा जोड्ने ५० करोडको वैकल्पिक सडक स्तरोन्नतिका लागि सिफारिस
सिमचौर र गौरीबेसी जोड्न बेली ब्रिज निर्माण गरिँदै
इन्द्रायणीचौर–त्रिशूली बसपार्क जोडिने जिपलाइन सञ्चालनमा, नदी वारपार गर्न ३५ सेकेन्डमै पुगिने
देवीघाटमा त्रिशूली नदीमाथि झोलुङ्गे पुल बन्ने, एक–दुई दिनमै निर्माण सुरु हुने
किस्पाङ गाउँपालिका अध्यक्ष सिंहदरबारबाटै पक्राउ





प्रतिक्रिया