नुवाकोटमा एकैदिन एकसय १६ जना कोरोनामुत्त भएर घर फर्किए

नुवाकोट । नुवाकोटमा बुधवार एकैदिन एकसय १६ जना कोरोनामत्त भएर घर फर्किएका छन् ।
स्वास्थ्य कार्यालय नुवाकोटका अनुसार पछिल्लो २४ घण्टामा जिल्लामा एकसय १६ जना कोरोनामुत्त भएर घर फर्किएका छन् ।यससँगै जिल्लामा कोरोनामुत्त भएर घर फर्कनेको संख्या ७ हजार ३ पुगेको स्वास्थ्य कार्यालय नुवाकोटका सुचना अधिकारी उत्तमराज खनालले जानकारी दिए ।
यस्तै पछिल्लो २४ घण्टामा जिल्लामा ३० जना कोरोना संक्रमित थपिएका छन् । थपिएका संक्रमितमध्ये १८ पुरुष र २२ महिला रहेका छन् । सबैभन्दा बढी विदुर नगरपालिकामा १६ जना थपिएका छन् ।
यस्तै लिखु गाउँपालिका, तादी गाउँपालिका र किस्पाङ गाउँपालिकामा समान ३। ३ जनामा काेराेना संक्रमणा पुष्रटि भएकाे कार्यालयका सुचना अधिकारी खनालले बताए ।
यस्तै सुर्यगढी गाउँपालिकामा २ जना संक्रिमत थपिँदा बेलकाेटगढी नगरपालिका, म्यागङ गाउँपािलका र तारकेश्वर गाउँपालिकामा समान एक।एक जनामा काेराेना संक्रमण पुष्टि भएकाे छ ।
यससँगै जिल्लामा काेराेना संक्रिमतकाे संख्या ७ हजार ५ सय ८५ पुगेकाे छ । यस्तै सक्रिय काेराेना संक्रिमतकाे संख्या ५ सय ३९ पुगेकाे छ । सक्रिय संक्रिमतमध्ये ४ सय ९४ जना हाेम अाइसाेलेसनमा, २७ जना अस्पतालमा र १८ जना अाइसाेलेसन सेन्टरमा उपचाररतर रह्रकाे स्वास्थ्य कार्यालय नुवाकाेटले जानकारी दिएकाे छ ।
नुवाकाेटमा हालसम्म काेराेना संक्रमणाबाट ४३ जनाकाे मृत्यु भइसकेकाे छ । जिल्लामा हालसम्म २५ हजार ४ सय ९१ जनाकाे पिसिअार परिक्षण गरिएकाे स्वास्थ्य कार्यालय नुवाकाेटले जानकारी दिएकाे छ ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना
प्रतिक्रिया