बाग्मतीमा मुख्यमन्त्री हेरफेर : डोरमणिले राजीनामा दिने, अष्टलक्ष्मी बन्ने सहमति
नुवाकोट । बाग्मती प्रदेशमा एकल बहुमत भएको नेकपा एमालेले मुख्यमन्त्री हेरफेर गर्ने भएको छ ।
मुख्यमन्त्री डोरमणि पौडेलले राजीनामा दिने र अष्टलक्ष्मी शाक्य मुख्यमन्त्री बनाउने एमालेको तयारी छ । प्रदेश प्रमुख विष्णु प्रसाईं गृहजिल्ला झापाबाट फर्किए लगतै मुख्यमन्त्री पौडेलले राजीनामा दिने सहमति भएको एमालेका एक सांसदले बताए ।
मुख्यमन्त्रीबाट राजीनामा दिनुअघि पौडेलले संसदीय दलको नेताबाट राजीनामा दिएका छन् । संसदीय दलको बुधबार बसेको बैठकले उनको राजीनामा स्वीकृत गर्दै दलको नेता चयनका लागि तीन सदस्यीय समिति बनाएको छ ।
समितिमा दीपकराज पाण्डे, दीपक निरौला र रचना खड्का छन् । यो समितिले दलको नेता चयनका लागि निर्वाचन प्रक्रिया पूरा गर्नेछ । सांसद अरुण नेपालका अनुसार अब दलको नेतामा शाक्य चयन हुनेछिन् र उनी मुख्यमन्त्री बन्नेछिन् ।
११० सदस्यीय प्रदेशसभामा एमालेका ५६ सांसद छन् । मुख्यमन्त्री पौडेल अध्यक्ष केपी शर्मा ओली पक्षका हुन् भने मुख्यमन्त्रीमा प्रस्ताव गरिएकी शाक्य माधव नेपाल समूहका हुन् ।
तर नेता नेपालले एमाले फुटाएर नेकपा एमाले समाजवादी बनाउने निर्णय गरेपछि उपाध्यक्ष शाक्यसहित स्थायी कमिटीका धेरै नेताले उनको साथ छाडेका छन् ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना












अब दुई दिन सरकारी बिदा
नुवाकोटमा स्कुटर र्दुघटना हुँदा एक जनाको मृत्यु
रेग्मीको ‘अक्षरमा अनुभूति’ मुक्तक संग्रह लोकार्पण
कलाकार सागर लम्साल (बले) पक्राउ
आज धेरै ठाउँमा हावाहुरीको सम्भावना





प्रतिक्रिया