नुवाकोटकी चेली मिठु तामाङको मलेसियामा मृत्यु
विदुर खबर
२०७८ साउन ३१ गते ६:०८
नुवाकोट । नुवाकोटको पञ्चकन्या गाउँपालिका वडा नम्बर ५ भद्रुटारकी मिठु तामाङ (कान्छी) को मलेसियामा मृत्यु भएको छ ।
भद्रुटारको घट्टे खोला स्थायी ठेगाना भएकी मिठ्ठको शनिबार बिहान मृत्यु भएको हो । वैदेशिक रोजगारीको शिलशिलामा दुई वर्ष अगाडि मलेसिया पुगेकी मिठ्ठको अचानक मृत्युको खबरले उनका आफन्तजन स्तब्ध भएका छन् ।
’दशैमा घर आउछु भन्थिन, आज अचानक बहिनीको मृत्युको खबरले हामी स्तब्ध भएका छौं, मृतककी दिदी सुनिता तामाङले भनिन । मिठु दुई वर्ष अघि केहि कमाइ गर्ने लक्ष्यका साथ मलेसियास्थित केल कोतरयामा रहेको नेपाली होटलमा पुगेकी थिइन ।
काम गर्ने सिलसिलामा कहिलेकाही टाउको आफै दुख्ने बताउने गरेकी २५ वर्षीय मिठुको उपचारको क्रममा अस्पतालमा निधन भएको पारिवारिक श्रोतले जनाएको छ ।
आवश्यक कागजात पुरा गरि शव नेपाल ल्याइने बताइएको छ ।
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना












नुवाकोटसहित बागमतीका ६ जिल्लामा तामाङ र नेपाल भाषा प्रयोग विस्तारबारे अभिमुखीकरण
आगामी आर्थिक वर्ष नुवाकाेटकाे कुन स्थानीय तहलाई कति अनुदान ? (सूचीसहित)
रास्वपा बागमती प्रदेश अधिवेशन भोलि, सभापतिमा लामिछाने र अर्यालको प्रतिस्पर्धा
रास्वपा रसुवाको सभापतिमा वसन्त भट्ट निर्वाचित
नुवाकोटका १२ स्थानीय तहमा साढे ३ अर्बको बजेट, कुनलाई कति ? (विवरणसहित)





प्रतिक्रिया