नारायण खतिवडालाई पाण्डेको चेतावनी : एमालेको लेटरप्याड दुरुपयोग गरे सह्य हुदैन
नुवाकोट । नेकपा एमालेका नेता एवं बागमती प्रदेशका आन्तरिक मामिला मन्त्री केशव राज पाण्डेले नारायण खतिवडालाई एमालेको लेटरप्याड र लोगो दुरुपोग नगर्न चेतावनी दिएका छन ।
शनिबार नेकपा एमाले नुवाकोटको बैठकमा सम्बोधन गर्दै मन्त्री पाण्डेले खतिवडाले लेटरप्याड दुरुपयोग गरेको सन्दर्भ झिक्दै आगामी दिनमा पुन त्यस्तो गरे राम्रो नहुने चेतावनी दिए । मन्त्री पाण्डेले सहनशीलताको पनि सीमा हुने बताए ।
उनले नुवाकोटको हकमा नारायण खतिवडासँग कुराकानी भएको जानकारी दिँदै छलफलमा सहभागी हुँदा एकताका लागि सहमत हुने तर फेरि लाइन लागेर सर्वाेच्च अदालतमा पुगेर शेरबहादुर देउवालाई नेता मानेर अघि बढ्ने गलत र अराजक प्रवृति देखिएको बताए ।
मन्त्री पाण्डेले भने, ‘केही दिनअघि एमालेको लेटरप्याड दुरुपयोग गरेको सुने । अब फेरि पार्टीको लेटरप्याड दुरुपयोग गरेर हस्ताक्षर गरे हामीलाई सह्यै हुनेछैन । नेता पनि बनाएकै थियौँ, सांसद पनि बनाएकौ थियौँ । हामीले दिएको मत दुरुपयोग भयो । उहाँले राजनीतिक रुपमा अपराध गर्नुभयो ।’
मन्त्री पाण्डेले केन्द्रीय कमिटीमा रहेका केही नेता बाहेक सबै नेताहरु मुलधारमा रहेको पनि बताए । उनले स्थानीय र जिल्लास्तरमा केही नेताको पार्टीबिरोधी गतिबिधिको खासै असर नदेखएिको बताए । मन्त्री पाण्डेले पार्टी अध्यक्ष केपी शर्मा ओली र नेतृ अष्टलक्ष्मी शाक्यसँग छुट्टाछुट्टै भेटे गरेर बागमती प्रदेशमा एमालेको आन्तरिक एकताका लागि आफूले पनि पहल गरिरहेको बताए ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना












भोटेकोशी बाढीको ९० दिन : न पुल बन्यो, न विस्थापितको पुनर्वास
सरकारलाई गगनको चेतावनी– पक्राउ गर्ने भए हतकडी लिएर आउनु
नुवाकोट अमेरिका सम्पर्क समितिद्वारा बाढी प्रभावित विद्यार्थीलाई साढे १५ लाख सहयोग
चण्डी माविका १२० विद्यार्थीलाई न्यानो कपडा तथा शैक्षिक सामग्री वितरण
एकीकृत तथ्याङ्क संकलन गर्न भोटेकोशी–त्रिशूली बाढी पीडितको माग





प्रतिक्रिया