पूर्वाधारमै बढी फोकस गरिरहेको छौँ: राजेन्द्ररमण खनाल

मेयर, बेलकोटगढी नगरपालिका, नुवाकोट
स्थानीय सरकार सुरु भएको १ वर्ष बितिसकेको छ । स्थानीय सरकार चलाउन माहिर राजेन्द्ररमण खनाल विगतमा पनि गाविस उपाध्यक्ष, जिल्ला विकास समिति सदस्य हुँदै गत स्थानीय निर्वाचनमा बेलकोटगढी नगरपालिकाको प्रमुखमा निर्वाचित खनाल सरल स्वभावका व्यक्ति हुन् । नयाँ संरचना र दुर्गम क्षेत्र भएकाले बेलकोटगढी अहिले पूर्वाधार निर्माणमै व्यस्त छन् । साविक ६ वटा गाविस समेटिएको बेलकोटगढी भौगोलिक हिसाबले दुर्गम क्षेत्रमा पर्छ । १३ वडा रहेको बेलकोटगढीको ५ वटा वडाको मात्र वडा कार्यालय छन् । बेलकोटगढीलाई पर्यटकीय नगरी बनाउन लागिपरेका मेयर खनाल अहिले आफ्नै नगरपालिकाको भवन बनाउने योजनामा छन् । १ वर्ष मेयरको कार्यकाललगायत विषयमा गरेको कुराकानीको सारांश:
स्थानीय तहमा जनप्रतिनिधिको रूपमा निर्वाचित भएर आएको पनि १ वर्ष भइसक्यो । दोस्रो वर्षका लागि नीति तथा कार्यक्रम पनि ल्याउनुभयो । यो १ वर्षको कार्यकाललाई तपाईंले कसरी हेर्नुभयो ?
यो बेलकोटगढी नगरपालिका नेपाल सरकारले अन्तिममा घोषणा गरेको नगरपालिका हो । यो भूगोलको हिसाबले एकदम कठिन र क्षेत्रगतको हिसाबले ठूलो १५५ वर्गकिलोमिटर क्षेत्रमा फैलिएको यस नगरपालिकामा ६ वटा साविका गाविस गाभिएर १३ वटा वडा निर्माण भएको छ । लगभग अहिले त्यहाँको जनसङ्ख्या ५१ हजारको हाराहारीमा पुगेको छ । नितान्त नयाँ र कार्यालयको कुनै संरचना बाटोघाटो, भौतिक पूर्वाधारहरू केही नभएको नगरपालिका भन्नै लाजमर्दो थियो । यो कठिन परिस्थितिमा हामी निर्वाचित भएर आएपछि सबै किसिमका पूर्वाधार निर्माण गर्दै अगाडि बढ्यौँ । भूकम्पपीडितलाई राहतस्वरूप सामान लैजानका निम्ति धेरै खर्च बाटो निर्माणमा गर्नमा लागौँ । जहाँ कि पक्की बाटो हामीले निर्माण गर्न सकेनौँ । कच्ची बाटो हामीले २५५-२५६ बाटोमा सामान ढुवानी गर्न सक्ने वातावरण तयार ग¥यौँ । त्यसको अलावा समृद्ध बेलकोटगढी बनाउन हामीले कृषि र पर्यटनलाई अगाडि बढाउनुपर्छ भनेर हाम्रो समथर भूभाग समुद्री सतह साढे ४ सय ५ सयबाट लगभग २३ सयको हाइटसम्म बेलकोटगढी नगरपालिका पर्छ ।
बेलकोटगढी नगरपालिका जहाँ सबै प्रकृतिको हावापानी पाइन्छ । कृषिमा माथिल्लो भेगमा १६०० भन्दा माथि ७ हेक्टरमा किवी खेतीलाई अनुदान दिएका छौँ । त्यसैगरी अलैँची ८० हजार बिरुवा ल्याउन तर्खर गरेका छौँ । कृषि प्रणालीलाई सजिलो बनाउन तान्त्रिक मेसिनहरू अनुदान दिएका छौँ । बेलकोटलाई खुला दिसामुक्त क्षेत्र घोषणा ग-यौँ । नगरपालिकाको आफ्नै कार्यालय नभएकोले गर्दा १-२ वर्ष नगरपालिकाको कार्यालय निर्माणको निम्ति बजेट पनि थोरै छुट्याएका छौँ । केन्द्रीय सरकार र प्रदेश सरकारले केही बजेट उपलब्ध गराउने भन्ने कुराहरू अगाडि आएको छ । तर, त्यो बजेट छुट्टिएको छैन । १३ वटा वडामध्ये ५ वटा वडामा मात्रै वडासचिव रहेको अवस्थामा जनताका सबै कामहरू हामीले अगाडि बढाउन सकेका छैनौँ । नेपाल सरकारले साउन महिनाको अन्तिमसम्म सबै कर्मचारी पठाएको खण्डमा कुनै पनि काम र जनताले पाउने सेवा सुविधा पाउँछन् ।
तपाईंको ५ वर्षे कार्यकाल पूर्वाधार बनाउँदैमा बित्ने भयो, होइन ?
सम्भवतः सबै निर्माणतिर नै जाने भयो । ५ वर्षमा पनि नसकिने स्थिति छ किनकि हामीले १ किलोमिटर बाटो निर्माण गरेर पिच गर्न ३ करोड बजेट लाग्छ । एउटै बाटो पनि राम्रो ढङ्गले बनाउन सक्ने पैसा नेपाल सरकारबाट उपलब्ध छैन । कर, रोयल्टी पनि त्यति उठाउन सकिने अवस्था छैन ।
बेलकोटगढीको मुख्य फोकस तपार्इंले विकास गर्ने क्षेत्र कृषि हो कि पर्यटन हो कि अन्य कुनै छ ?
बेलकोटगढीलाई चिनाउन वास्तवमै बेलकोटगढीलाई कृषि र पर्यटनमै जोड दिनुपर्छ । प्रदूषणरहित उद्योगहरू निर्माण गर्नुपर्छ । बेलकोटगढीमा हरियाली नगर निर्माण गर्नुपर्छ । किनकि वनजंगलले नै सबै कुराको संरक्षण गर्नुपर्छ भन्ने मूल नारा वा योजनाभित्र रहेर काम गर्ने हो ।
बेलकोटगढीमा व्यवसायीहरूको आँखा लाग्ने भनेको गिटी, बालुवामा हो । यसको लागि गिटी, बालुवा उत्खनन र निकासीमा यहाँले कस्तो खालको योजना बनाउनुभएको छ ?
सकेसम्म हामीले प्रदूषणरहित बेलकोटगढी बनाउने कोसिस गरिरहेका छौँ । अहिले पनि वातावरण प्रभाव मूल्याङ्कन बनाएर यो ठाउँमा खानी सञ्चालन गर्न हुन्छ । यो ठाउँमा क्रसर राख्नुहुन्छ भन्ने एउटा मापदण्ड पूरा गरिसकेपछि सञ्चालन गर्नुपर्छ भन्ने हाम्रो धारणा हो । त्यहाँचाहिँ एकदम बढी परिमाणमा सामानहरू थुपारिएको छ । असुरक्षित तवरले यात्रा गरिएको छ । त्यसकारणले त्यसलाई प्रदेश सरकारले छिटै कानुन बनाएर सुरक्षित वातावरणमा उद्योग सञ्चालन हुनुप-यो । करको दायरामा पनि ल्याउनुप¥यो र अव्यस्थित उद्योगहरूलाई पूर्ण रूपमा नियन्त्रण गर्नुपर्छ भन्ने हाम्रो धारणा हो । हामी उद्योगको विरोधी होइनौँ, तर प्रदूषण कसरी कम गर्न सकिन्छ भन्ने हो ।
यस वर्षको नीति तथा कार्यक्रम मुख्य फोकस केमा गर्नुभएको छ ?
यस वर्ष हामीले ६६ करोडको बजेट निर्माण गरेका छौँ । यसमा विशेषगरी पूर्वाधारमै बढी फोकस गरिरहेका छौँ । शिक्षा, स्वास्थ्य क्षेत्रमा सुधारको कुराहरू अगाडि उठाएका छौँ ।
तपाईंको ५ वर्षको कार्यकालमा कस्तो बेलकोटगढीको परिकल्पना गर्नुभएको छ ?
५ वर्षमा बेलकोटगढीलाई आमूल परिवर्तन गरी सुधारका गतिविधि गर्ने परिकल्पना गरेको छु । कृषिमा उर्वर भूमि बेलकोटगढी पर्यटकीय दृष्टिले पनि महत्वपूर्ण क्षेत्र हो । मैले बेलकोटगढीका सबै क्षेत्रको पहिचान गरी विकास गर्ने अठोट लिएको छु ।
पहिलो नीति कार्यक्रममा श्रद्धेय नेताहरूको नाममा पार्क बनाउने योजना नै विवाद भयो नि ?
वास्तवमा हाम्रा आदरणीय नेताहरू नितान्त देशको गहना हुन् । नेता भनेको जुन पार्टीको जो–जो भए पनि वास्वतमा देशमा योगदान दिएका छन् । यो देशलाई यहाँसम्म ल्याउनुमा उहाँहरूको महत्वपूर्ण भूमिका छ । उहाँहरूको भूमिकालाई नजरअन्दाज गर्न मिल्दैन । विभिन्न ढङ्गले स्व. मनमोहन अधिकारी पहिलो कम्युनिस्ट प्रधानमन्त्री हुनुुभयो, उहाँले राष्ट्रलाई पु-याएको योगदान हामीले भुल्न सक्दैनौँ । विश्वले चिनेको जननेता स्वर्गीय मदन भण्डारीको नाममा एउटा भ्यू–टावर बनाउँछु भन्दा कुनै अप्ठ्यारो मान्नुपर्ने होइन । भोलि उहाँहरूको नाममा पास गरेर लालपुर्जा बनाएर पठाउने पनि होइन । त्यसकारणले यसलाई विवादमा लानुपर्छ भन्ने कुरा रहन्न र त्यसबाट बेलकोटगढी नगरपालिका पछाडि पनि हट्दैन । यो कुराको पनि प्रतिबद्धता जनाउन चाहन्छु । मनमोहन पार्कमा त अहिले बाटो हामीले पु-याइसकेका छौँ । यो वर्ष लगभग खानेपानी पु-याउँछौँ । धेरै काम अगाडि बढ्छ ।
जननिर्वाचित भएर जनताको प्रतिनिधि हुन कत्तिको गाह्रो रहेछ ?
म नितान्त नयाँ जनप्रतिनिधि होइन । ०४९ सालमा लगभग २६ वर्षको उमेरमा चुनाव जितेको एउटा युवा हुँ । त्यति हुँदाहुँदै पनि म पार्टीभित्र पनि टिकटका लागि चुनाव लडेको हुँ । मैले टिकटका लागि कसैकहाँ जानुपरेन । टिकट लिइसकेपछि हामी २०७० को परिस्थितिलाई हेर्ने हो भने हामी चौथो र पाँचौँ स्थितिमा थियौँ ।
चुनावको बेला गाउँमा गएर भाषण गर्दा पनि हामी तुरुन्तै खानेपानी यो टोलमा ल्याइदिन्छौँ र सडक ल्याइदिन्छौँ भन्नुभएको थियो । त्यसमा जनताको गुनासो कत्तिको छ ?
वृद्धा बाआमाहरूलाई सम्मान गर्नुपर्छ । हाम्रा भनाइ र प्रतिबद्धताहरू अहिले पनि जाहेज छ । नगरपालिकाले अहिले वृद्धाहरूलाई १३ वटै वडामा सम्मान गरिरहेको छ । त्यो सम्मानमा उहाँहरूलाई हर्लिक्स, छाता, उहाँहरूले टेक्ने लौरालगायत ओढ्ने, पंखा यी खालका सुविधाहरू हामीले दिएका छौँ । औषधि उपचारमा वृद्धा बाआमाहरू क्यासर, मुटु, मिर्गौलापीडितहरूलाई राहतस्वरूप २५ हजार दिने निर्णय मैले गरेकोे छु ।
बेलकोटगढीको वृद्धा भत्ताको विषय अख्तियारसम्म मुद्दा पनि पुग्यो । यसबारे नगरपालिकाले के गरिरहेको छ ?
हामीले यसमा तुरुन्तै निर्वाचित भएर आएपछि यसमा चनाखो हुन जरुरी छ भनेर म आफँैले सम्पूर्ण वडाध्यक्षहरूलाई सचेत गराएँ । यसलाई सही ढङ्गले परिचालन गर्न नसक्नुले त्यस्ता लारपबाही भएको हुन सक्छ । अब हामीले बैंकमार्फत वृद्धाभत्ता दिने व्यवस्था मिलाउँदै छौँ ।
वृद्धाभत्ताको नाममा पैसा खानेलाई के कारबाही हुन्छ ?
नेपाल सरकारले यस विषयमा छानबिन गरिरहेको छ । अख्तियारले पनि अनुसन्धान गरिहेको छ । के गर्छ त्यही नै हो ।
अब नगरपालिकाभित्र मरेका मान्छेका नाममा भत्ता खानेहरूलाई केही हुँदैन ?
वृद्धा बाआमाहरूको भत्ता जिउँदो होस् वा मरेको त्यो खानै मिल्दैन । त्यो गर्न नहुने कुरा गरेको हो । अब त्यस्तो गर्छ भने त्यस्तो कर्मचारी रहेछ भने नेपाल सरकारले बर्खास्त गर्नुपर्छ । हामीले सचेत गराउने र आवश्यक प-यो भने कारबाहीको लागि सिफारिस गर्ने हो ।
-त्रिशूली प्रवाह
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना











नुवाकाेट १ मा पार्टी प्रवेशको लहरले मैनाली अगाडि
नुवाकोट–१ मा झण्डै दुई हजार जना एमाले प्रवेश
नुवाकोटमा कांग्रेस सभापति गगनलाई १० किलोको माला
इरानको आक्रमणमा परेर यूएईमा एक नेपालीको मृत्यु
आज राति १२ बजेबाट अन्तर्राष्ट्रिय सीमा नाका बन्द हुने





प्रतिक्रिया