कोरोनाको कारण यस वर्ष पनि गोसाईंकुण्ड मेला नहुने
नुवाकोट । कोभिड-१९ को दोस्रो लहर फैलिएसँगै यस वर्ष पनि गोसाईंकुण्ड जनैपूर्णिमा मेला नहुने भएको छ ।
साउन २९ गतेबाट भदौ ६ गतेसम्म लाग्ने मेला जनैपुर्णिमा मेला भिडभाडका कारण भएपछि सङ्क्रमण बढ्ने भएकाले स्थगन गरिएको गोसाईंकुण्ड क्षेत्र विकास समिति रसुवाका अध्यक्ष सञ्जीव डिएमले जानकारी दिए ।
विशेष गरी गोसाईंकुण्डमा जनैपूर्णिमा र गंगा दशहरामा वर्षेनी मेला लाग्ने गर्दछ । तर पनि धार्मिक पर्यटनका लागि भने बाह्रै महिना मानिसहरू आउने जाने गर्दछन् ।
गत वर्षदेखि गोसाईंकुण्ड आवतजावतमा शून्यता छायो भने यस वर्ष पनि उही दोहोरियो । २०७२ सालको भूकम्पपछि गोसाईंकुण्ड जानेको सङ्ख्या घटेको थियो ।
गोसार्इकुण्डमा मनले चिताएको पुग्ने धार्मिक विश्वास छ । राष्ट्रिय विभूति अमरसिंह थापाले देह त्याग यही गरेका थिए । नेपाल लगायत भारतबाट पनि लाखौँको सङ्ख्यामा श्रद्धालु भक्तजनको आगमन हुन्छ ।
धार्मिक मान्यता अनुसार गोसाईंकुण्ड यात्रामा जाने क्रममा बाटो मा पर्ने कालिका माईको दर्शन गरी गोसाईंकुण्ड जाँदा सहज हुने र भगवान् शिव खुसी हुने विश्वास रहेको छ ।
समुन्द्री सतहदेखि चार हजार तीन सय ८० मिटरको उचाइमा रहेको पर्दछ ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना














नुवाकोटका डा. विकास नेपाल वीर अस्पतालको निर्देशकमा नियुक्त
आजको मौसमः पश्चिम क्षेत्रतर्फ मध्यम तथा भारी बर्षा हुने
धादिङको गजुरीमा सुक्खा पहिरो, राजमार्ग अवरुद्ध
बागमतीका मुख्यमन्त्री बानियाँले आज विश्वासको मत लिँदै
पूर्वनगरप्रमुख खनालको निधनमा बेलकोटगढीमा साेमवार शोक बिदा





प्रतिक्रिया