किस्पाङ गाउँपालिकामा ११ जना संक्रमित थपिए

विदुर खबर २०७८ साउन २० गते २१:२२

नुवाकोट । नुवाकोटको किस्पाङ गाउँपालिकामा मंगलवार ११ जना कोरोना संक्रमित थपिएका छन् ।

Advertisement

पछिल्लो २४ घण्टामा भेटिएका कोरोना संक्रमितमध्ये १० पुरुष र एक महिला रहेका छन् । यससँगै किस्पाङ गाउँपालिकामा कोरोना संक्रमितको संख्या ४ सय ६४ पुगेको छ ।

गाउँपालिकामा रहेका कुल कोरोना संक्रमितमध्ये २ सय २५ पुरुष र एकसय २५ महिला रहेको स्वास्थ्य कार्यालय नुवाकोटले जानकारी दिएको छ ।

Advertisement

गाउँपालिकाको विभिन्न आइसोलेसनमा अहिले २९ पुरुष र ५ महिलासहित ३४ जना उपचाररत रहेको किस्पाङ गाउँपालिकाको स्वास्थ्य शाखाले जानकारी दिएको छ ।

किस्पाङ गाउँपालिकामा हालसम्म ८ सय २७ जनाको पिसिआर परिक्षण गरिएको स्वास्थ्य कार्यालय नुवाकोटले बताएको छ ।

Advertisement

प्रतिक्रिया