नुवाकोटमा सक्रिय कोरोना संक्रमित फेरि ५ सय नाघ्यो
नुवाकोट । नुवाकोटमा कोरोनाको सक्रिय संक्रमितको संख्या फेरि ५ सय नाघेको छ ।
स्वास्थ्य कार्यालय नुवाकोटका अनुसार पछिल्लो २४ घण्टामा जिल्लामा ५७ जना कोरोना संक्रमित थपिएसँगै सक्रिय कोरोना संक्रमितको संख्यन बढ्न गएको हो ।
कार्यालयका सुचना अधिकारी उत्तमराज खनालका अनुसार पछिल्लो २४ घण्टामा जिल्लामा एकसय १५ जनाको पिसिआर र २० जनाको एन्टीजेन परिक्षण गर्दा ५७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
यससँगै नुवाकोटमा कोरोना संक्रमितको संख्या ६ हजार ८ सय ४८ पुगेको छ । यस्तै जिल्लामा रहेका सक्रिय कोरोना संक्रमितमध्ये ४ सय ४५ जना होम आइसोलेसनमा, २६ जना आइसोलेसन सेन्टरमा र ३७ जना अस्पतालमा उपचाररत रहेका छन् ।
यस्तै पछिल्लो २४ घण्टामा जिल्लामा ३६ जना कोरोना संक्रमित कोरोनामुत्त भएर घर फर्किएका छन् । यससँगै जिल्लामा कोरोनामुत्त भएर घर फर्कनेको संख्या ६ हजार २ सय ९९ पुगेको छ ।
नुवाकोटमा कोरोना संक्रमणबाट मृत्य हुनेको संख्या ४१ पुगेको छ । हालसम्म जिल्लामा २३ हजार ६ सय २२ जनाको पिसिआर परिक्षण गरिएको स्वास्थ्य कार्यालय नुवाकोटले जानकारी दिएको छ ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना












एमसीसीका २ सबस्टेसन र २९७ किलोमिटर प्रसारण लाइन निर्माण सुरु
बट्टार क्याम्पसमा छात्रवृत्ती वितरण तथा सातकोठे कक्षाकोठा भवनको सिलान्यास सम्पन्न
आज देशका धेरै स्थानमा वर्षाको सम्भावना
नुवाकोटसहित बागमतीका ६ जिल्लामा तामाङ र नेपाल भाषा प्रयोग विस्तारबारे अभिमुखीकरण
आगामी आर्थिक वर्ष नुवाकाेटकाे कुन स्थानीय तहलाई कति अनुदान ? (सूचीसहित)





प्रतिक्रिया