किस्पाङ गाउँपालिकाका कृषकलाई पशु सुत्केरी भत्ता
नुवाकोट । नुवाकोटको किस्पाङ गाउँपालिकाले पशु सुत्केरी भक्ता वितरण अभियान शुरु गरेको छ ।
कृषकलाई पशुपालन व्यवसायमा प्रोत्साहित गर्दै दूध उत्पादनमा वृद्धि गर्ने उद्देश्यले गाउँपालिकाले पशु सुत्केरी भक्ता वितरण अभियान गरेको हो ।
यो अभियान निक्कै प्रभावकारी भएको गाउँपालिकाका प्रमुख छत्रबहादुर लामाले बताउनुभयो । गाउँपालिकाले पहिलो बेदको सुत्केरी पशुलाई ५ हजार तथा दोस्रो बेद र त्यसपछिका सुत्केरी पशुलाई ३ हजार भक्ता दिँदै आएको छ । पहिलो बेदमा जन्मिएको पाठी उही कृषकले पालनपोषण गरेर सुत्केरी भएको छ भने पालिकाले २० हजार सुत्केरी भक्ता दिने गरेको पालिका प्रमुख लामा बताउनुहुन्छ ।
दूध उत्पादनलाई प्राथामिकतामा राखी पशु सुत्केरी भक्ताको समेत व्यवस्था गरेपछि अहिले झण्डै ५० जना कृषकले व्यावसायीकरूपमा पशुपालन गरी मासिक ३०/४० हजारसम्म आम्दानी गरिरहेको उहाँको भनाइ छ ।
तीन वर्षअघि गाउँपालिकाले दलित तथा एकल महिलालाई प्राथमिकतामा राख्दै ४० जनालाई पशुपालन व्यवसायका लागि ४० हजार रुपियाँ अनुदान सहयोग गरेको थियो । अहिले पनि पशुपालन व्यवसाय गर्न चाहने किसानलाई पालिकाले गाई तथा भैंसी खरिदका लागि ५० प्रतिशत अनुदान सहयोग गर्दै आएको छ ।
गाउँपालिकाकै पहलमा वडा नम्बर ३ काहुलेमा दुग्ध सङ्कलन केन्द्रसमेत स्थापना भएको छ । सहकारी संस्थामार्फत स्थापना भएको दुग्ध सङ्कलन केन्द्रले दुग्धजन्य उत्पादनको बजारीकरणसमेत गर्दै आएको छ । शुभ नवबिहानी सहकारी संस्थाको पहलमा तीन वर्षअघि स्थापना भएको दुग्ध सङ्कलन केन्द्रलाई गाउँपालिकाले अहिलेसम्म १५ लाख रुपियाँ लगानी गरेको छ भने वल्ड रिनो अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाले स्थानीय नारी जागरण संस्थामार्फत करिब ३५ लाख रुपियाँ सहयोग गरेको छ । पालिका र गैरसरकारी संस्थाले सहयोग गरेको रकम दुग्ध सङ्कलन केन्द्रका लागि आवश्यक पर्ने मेसिन औजारमा खर्च गरिएको दुग्ध संकलन केन्द्रका अध्यक्ष छेत्र तमाङले बताउनुभयो ।
दुग्ध सङ्कलन केन्द्रमार्फत किस्पाङ गाउँपालिकाबाट वार्षिक १ करोडभन्दा बढी मूल्यको दुग्धजन्य पर्दाथहरु अन्यत्र निकासी हुँदै आएको उहाँको कथन छ । दैनिक ५ सय लिटरसम्म दुध सङ्कलन हुने केन्द्रले अहिले दही, पनिर जस्ता दुग्धजन्य पर्दाथ उत्पादन गरी काठमाडौँमा बिक्री–वितरण गर्दै आएको छ । कोरोना संक्रमण अघि केन्द्रले दैनिक १ हजार लिटरसम्म दूध सङ्कलन गर्दै आएको थियो ।
दुग्ध सङ्कलन केन्द्रले समेत नेपाल रेडक्रस सोसाइटीको सहयोगमा जीविकोपार्जन कार्यक्रमअन्र्तगत पालिकाका २८ जना कृषकलाई गाई खरिदका लागि ४० हजार रुपियाँ अनुदान सहयोग गरेको अध्यक्ष तमाङ बताउनुहुन्छ । दुग्ध सङ्कलन केन्द्रमा नियमित दूध ल्याउने कृषकले मासिक २/३ हजारदेखि ६२ हजारसम्म लाने गरेको उहाँले बताउनुभयो ।
दुग्ध उत्पादन वृद्धि तथा पुश पालक कृषकलाई प्रोत्साहित गर्न पशु आहार व्यवस्थापनका लागि बीउ वितरण गरी बहुवर्षे घाँसहरुको विकास गर्न थालिएको पालिका अध्यक्ष लामाले जनाउनुभयो । पशुको सुरक्षाका लागि पशु सुत्केरी भक्ता, पशुको स्वास्थ्यका लागि विशेष सहयोग, घाँस उत्पादनका लागि बीउ वितरण जस्ता कार्यक्रमले कृषकहरु उत्साहित बनेको गाउँपालिकाले जनाएको छ ।
कोरोना संक्रमणअघि किस्पाङका धेरै किसान पशुपालन व्यवसायमा आवद्ध रहेका थिए । कोरोना संक्रमणपछिको लकडाउनले कतिपय किसान व्यवसाय परिर्वतन गर्न बाध्य बनेको पालिका प्रमुख लामाको भनाइ छ । पालिकाले सहयोग गरेका किसानमध्ेय अहिले पनि ७५ प्रतिशत किसान पशुपालन व्यवसायमा संलग्न रही राम्रो आम्दानी गरिरहेको लामाले बताउनुभयो ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना













बागमती प्रदेशको आर्थिक वृद्धिमा उच्च सुधार
नेपाल प्रहरीको महानिरीक्षकमा दानबहादुर कार्की नियुक्त
गल्छीमा बोलेरोको ठक्करबाट एक जनाको मृत्यु
गाेरखामा माइक्राेबस दुर्घटना हुँदा १७ जना घाइते
राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नुवाकोटको अध्यक्षमा कार्की





प्रतिक्रिया