नुवाकोटको विदुर–बट्टार क्षेत्रमा २१ घण्टापछि सडक सुचारु
विदुर खबर
२०७८ साउन १४ गते २०:४१
नुवाकोट । नुवाकोटको विदुरमा बुधवार रातीदेखि अवरुद्ध बनेको सडक सुचारु भएको छ ।
गल्छी त्रिशुली मैलुङ रसुवागढी आयोजनाले स्काभेटर प्रयोग गरि सडक सुचारु गरेको हो । विदुर नगरपालिका वडा नम्बर २ मा रहेको पुल भासिएपछि अवरुद्ध बनेको राजमार्ग झन्डै २१ घण्टापछि संचालनमा आएको छ ।
पुलमा क्षति पुगेसँगै नुवाकोटको बट्टारबाट विदुर जाने सडक बन्द हुँदा नुवाकोट सहित रसुवाको यातायात दिनभर ठप्प भएको थियो ।
पुल भासिएसँगै आपतकालीन सेवा दिने सवारी साधनसमेत आउजाउ हुन समेत सकेका थिएनन् । लामो सयम सडक बन्द भएपछि रसुवागढीबाट फर्किएका मालवाहक सवारीसाधनहरु लाइन लागेर बसेका थिए ।
सडक अस्थाइ रुपमा संचालनमा ल्याइएको बताइएको छ ।
Advertisement
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना













बागमती प्रदेशको आर्थिक वृद्धिमा उच्च सुधार
नेपाल प्रहरीको महानिरीक्षकमा दानबहादुर कार्की नियुक्त
गल्छीमा बोलेरोको ठक्करबाट एक जनाको मृत्यु
गाेरखामा माइक्राेबस दुर्घटना हुँदा १७ जना घाइते
राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नुवाकोटको अध्यक्षमा कार्की





प्रतिक्रिया