नुवाकोटमा श्रमिकहरुको ज्याला बढ्यो
नुवाकोट । जिल्ला प्रशासन कार्यालय नुवाकोटले चालू आर्थिक वर्ष २०७८-७९ को लागि श्रमिकहरुको ज्याला दर निर्धारण गरेको छ ।
श्रमिक सङ्गठन, निर्माण व्यवसायी, उद्योग वााणिज्य संघ, विकास निर्माणका क्रियाकलाप गर्ने सरकारी कार्यालय लगायतसँगको परामर्श, नेपाल राष्ट्र बैङ्कबाट प्रकासित ज्यालादर सूचांक तथा उपभोक्ता मूल्य सूचांक, हालको बजार मूल्य र श्रमिकहरुको उपलव्धतालाई समेत आधार मानेर श्रमिकहरुको ज्याला दर निर्धारण गरेको जनाएको छ ।
निर्धारण गरिएको दररेटअनुसार दक्ष कामदार अन्तर्गतको व्लाष्टरले प्रतिदिन १ हजार २ सय ६० रुपैयाँ तोकिएको छ भने गत वर्ष १ हजार २ सय रुपैयाँ तोकिएको थियो । गत आर्थिक वर्षको तुलनामा नयाँ आर्थिक वर्ष २०७८-७९ को लागि ५ रुपैयाँ वृद्धि भएको हो । यस्तै, रक डिलर, हेभि ड्राइभर, वेल्डर, विस्पोटक पदार्थ ढुवानी गर्ने ज्यामी, डकर्मी, सिकर्मी, नकर्मी, बज्रकर्मी, चित्रकार, हेभि सुनियर अपरेटर र कम्युटर अपरेटरलाई १ हजार ५० रुपैयाँ तोकिएको छ ।
अर्ददक्ष कामदाले प्रतिदिन प्रतिव्यक्ति ८ सय रुपैयाँ, अदक्ष कामदारअन्तर्गत रहेका ज्यामी, भरिया, ज्यामी नाइके, जुनियर अपरेटर, उत्प्रेरक, हेभी हेल्पर, सर्भे हेल्पर, इटा बनाउने, साधारण हेल्पर, नर्सरी नाइके, क्याम्पर वर्कर लगायतलाई ७ सय ६५ रुपैयाँ, मौसम रेकर्डरलाई ५ सय २५ रुपैयाँ, सडकमा काम गर्ने लेन्थ वकरलाई ५ सय ५ रुपैयाँ, निर्माण सुपरभाइजरलाई ६ सय ९० रुपैयाँ, निर्माण सुपर भाइजर प्राविधिकलाई ८ सय रुपैयाँ निर्धारण गरिएको छ ।
नयाँ दररेटअनुसार लाइट ड्राइभरले ६ सय ९५ रुपैयाँ, प्याच वकरलाई ६ सय रुपैयाँ, लेन्थ कवर सुपरभाइजरले ६ सय ७० रुपैयाँ र झाडु लगाउनेलाई ५ सय ६५ रुपैयाँ ज्याला पाउनेछन् ।
श्रमिकको उमेर १६ वर्ष पार गरेको र दैनिक काम गर्ने अवधी ८ घण्टालाई आधार मानेर यस आर्थिक वर्षको लागि श्रमिकहरुको ज्याला दर निर्धारण गरिएको जिल्ला प्रशासन कार्यालय नुवाकोटले जनाएको छ ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना













बागमती प्रदेशको आर्थिक वृद्धिमा उच्च सुधार
नेपाल प्रहरीको महानिरीक्षकमा दानबहादुर कार्की नियुक्त
गल्छीमा बोलेरोको ठक्करबाट एक जनाको मृत्यु
गाेरखामा माइक्राेबस दुर्घटना हुँदा १७ जना घाइते
राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नुवाकोटको अध्यक्षमा कार्की





प्रतिक्रिया