बट्टार क्याम्पसमा फेरि अर्काे लफडा, क्याम्पस प्रमुखद्धारा प्राध्यापकहरुलाई अश्लिल शब्द प्रयोग

नुवाकोट । सधैँ विवाद र चर्चामा आइरहने नुवाकोट आर्दश बहुमुखी क्याम्पस बट्टार फेरि विवादमा तानिएको छ ।
कहिले विद्यार्थी संगठनको झगडा, आन्दोलन त कहिले क्याम्पस अध्यक्षको विषयमा विवादका कारण चर्चामा आउने गरेको क्याम्पसमा यसपटक भने अनौठो विवाद देखिएको छ ।
क्याम्पसका अध्यक्ष भोलाप्रसाद पाण्डेले पब्लिक क्याम्पस प्राध्यापक संघ नुवाकोट आदर्श बहुमुखी क्याम्पस अध्यक्ष जितेन्द्र अर्याल र प्राध्यापक द्धारिकाप्रसाद पाण्डेमाथि अश्लिल शब्दहरु प्रयोग गरी दुर्व्यवहार गरेको पब्लिक क्याम्पस प्राध्यापक संघ नुवाकोट आदर्श बहुमुखी क्याम्पसका सचिब सरोज बोगटीले आरोप गरेका छन् ।
आइतवार पब्लिक क्याम्पस प्राध्यापक संघ नुवाकोट आदर्श बहुमुखी क्याम्पसले आईतवार एक विज्ञप्ती जारी गर्दे क्याम्पस प्रमुख भोलाप्रसाद पाण्डेले आज क्याम्पस प्रमुखको कार्यकक्षमा प्राध्यापक, कर्मचारी तथा बिद्यार्थीहरुको उपस्थितिमा शैक्षिक बिषयमा छलफल भइरहेको समयमा विहान ८ः५० बजे क्याम्पस प्रमुख पाण्डे कार्यकक्षमा प्रबेश गरि शैक्षिक विषयमा छलफल गरिरहेका प्राध्यापक संघका अध्यक्ष जितेन्द अर्याल र प्राध्यापक द्धारिकाप्रसाद पाण्डे माथि प्राज्ञिक मर्यादालाई समेत बेवास्था गरी अति नै अमानवीय, अमर्यादित, अशोभनीय, जथाभावी अश्लिल शब्दहरु प्रयोग गरी दुर्व्यवहार गरेको भन्दै पब्लिक क्याम्पस प्राध्यापक संघ नुवाकोट आदर्श बहुमुखी क्याम्पसले खेद प्रकट गरेको छ ।
प्राध्यापक संघले उक्त कदमको विरोध गर्दे आफुहरुको संघ गम्भिर ध्यानाकर्षण भएको भन्दै क्याम्पसको शैक्षिक उन्नयनमा योगदान दिदै आएका प्राध्यापकहरु माथि अवमूल्यन गर्ने कार्य गरेको र विगतमा पनि पटक पटक प्राध्यापकहरु माथि दुर्व्यवहार हुँदै आइरहेको भन्दै क्याम्पस प्रमुखको कदमलाई समस्त प्राध्यापक माथिको घोर अपमानको रुपमा लिएको विज्ञप्तीमा उल्लेख गरिएको छ ।
यस्तै यस्तो विषम परिस्थितिमा समेत क्याम्पसको पठनपाठनलाई सहज रुपमा सञ्चालन गरिरहेका प्राध्यापकहरुको मनोवल बढाउनुको साटो मनोवल गिराउने कार्यमा क्याम्पस प्रमुख उद्धत रहेको भन्दै तीन दिनभित्र भित्र सम्वन्धित प्राध्यापकहरुको सामु क्याम्पसमा उपस्थित भई माफी माग्न संघले माग गरेको छ ।
तीन दिनभित्रको समयसीमामा माफी नमागेमा प्राध्यापक संघ थप कडा कदम चाल्न बाध्य हुने संघका सदस्य राजकुमार आचार्यले जानकारी दिए ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना
प्रतिक्रिया