त्रिशुली अस्पतालमा अत्याधुनिक ईको मसिन जडान

विदुर खबर २०७८ साउन ३ गते १९:५३

नुवाकोट । नुवाकोटको त्रिशुली अस्पतालमा आज अत्याधुनिक ईको मसिन जडान गरिएको छ ।

Advertisement

केही महिना अघिबाट स्कीनिङ ईको मात्रै हुँदै आएको अस्पतालमा अत्याधुनिक ईको मसिन जडान भएसँगै हृदयघातको प्रारम्भिक औषधीय उपचार गर्न सहज हुने अस्पतालले जनाएको छ ।

अस्पतालका मेडिकल सुपरिटेन्डेन डा. दिपेन्द्र पाण्डेका अनुसार अस्पतालमा यसअघि स्कीनिङ ईको मात्रै हुँदै आएकोमा अत्याधुनिक ईको मसिन जडान भएसँगै अस्पतालमा मुटुका विरामीको सबै भिडियो एक्स रे गर्न सकिने बताए ।

Advertisement

यस्तै अस्पतालका कन्सल्टेन्ट फिजिसियन डा. अभिसेक तिवारीले अत्याधुनिक ईको मसिन जडान भएसँगै मुटु रोगका विरामीहरुको समय र पैसा दुबैको बचत हुने भन्दै नागरिकहरुले सहज र भरपर्दाे सेवा जिल्लामा पाउने विश्वास व्यक्त गरे ।

 

Advertisement

प्रतिक्रिया