नुवाकोट दरबारसँगै निर्माण भएको लोभलाग्दो जिपलाइन र होटल सहितको नयाँ गन्तब्य
नुवाकोट । नुवाकोटको सबैभन्दा ठूलो पर्यटकिय गन्तव्य ‘नुवाकोट दरबार’ २०७२ सालको भुकम्पले थलापरेको छ ।
अहिले दरबार क्षेत्र जाने पर्यटकको संख्या अत्यन्त न्यून रहेको यहाँ सुरक्षामा खटिएका सुरक्षाकर्मी बताउँछन् । दरबारको पुनर्निर्माणको काम अगाडि बढाइएको छ । तर, कोभिड १९ को संक्रमणपछि यहाँ कामदार छैनन् । स्थानीयवासीका अनुसार यहाँ चिनियाँ कामदारले काम गरिरहेका थिए । कोरोना संक्रमण बढ्न थालेपछि उनिहरु गएका हुन् ।
‘चीनबाट आएका कामदारले दरबारलाई फलामको टेको लगाएर काम गर्दै थिए । कोरोना लागेपछि उनिहरु गए । अब फागुनमा आउने भन्ने सुनेका छौं’, स्थानीयवासी कृष्णलाल श्रेष्ठले भने ।
उसोत भुकम्पपछि दरबार क्षेत्रमा पर्यटकिय गतिविधि कम भएपनि निजी क्षेत्रको पहलमा नयाँ सुविधा सम्पन्न होटल र रेष्टुरेन्टसहितको जिपलाइन निर्माण भएको छ । स्थानीय युवा उद्यमीहरुको संयुक्त लगानीमा तयार भएको नयाँ जिपलाइन निर्माणमा ३ करोड ५० लाख रुपैयाँ खर्च भएको लगानीकर्ता मध्यको एक संजिव राईले बताए ।
उनका अनुसार जिपलाइन बाहेको अन्य पूर्वाधार धमाधम निर्माण भइरहेको छ । त्यसमा कति खर्च लाग्छ अहिले एकिन भइसकेको छैन । यहाँ एड्भेञ्चर पिङ, स्वीमिङ पुल, आकर्षक सुविधा सहितको १० रुम, ठूलो खाली भाग र विभिन्न फोटोसेसन एरिया निर्माण भइरहेका छन् ।
अहिले जिपलाइन, रेष्टुरेन्ट जस्ता संरचना संचालनमा आइसकेका छन् भने होटल, पिङ जस्ता संरचना निर्माणको अन्तिम चरण पुगेको छ । अहिले गएर जिपलाइन चढ्नेले २ हजार रुपैयाँ तिर्नु पर्ने छ । १३ सय मिटर लामो जिपलाइनको टप स्पीड १२० किलोमिटर प्रतिघन्टाको रहेको छ ।
जिपलाइनमा यात्रा गर्दा दरबार क्षेत्रको भ्यूको अनुभव समेत गर्न सकिने छ । यसअघि दरबार घुमेर राम्रो होटलको खोजीमा त्रिशुली वा बट्टार धाउनु पर्ने अवस्था थियो । नयाँ रिसोर्टले मनोरञ्जनको लागि जाने जो कोहिलाई लोभ्याउने निश्चित छ ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना













देउवा दम्पती थप उपचारका लागि आज सिंगापुर जाँदै
मापसे गरेर बस चलाउने विदुरका राजु पक्राउ
विद्यार्थीलाई झोलासहितको स्टेशनरी सामग्री वितरण
धादिङका स्थानीय पारिजात संरक्षणमा जुटे
केन्द्रीय कारागार जाने बाटो पुनर्निर्माण हुँदै





प्रतिक्रिया